logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • सांसद शर्मा भन्छन : वर्तमान सरकारबाट देशले केही पाउँदैन

    सांसद शर्मा भन्छन : वर्तमान सरकारबाट देशले केही पाउँदैन

    663
    Shares
    सांसद शर्मा भन्छन : वर्तमान सरकारबाट देशले केही पाउँदैन

    बाजुरा । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद डा सुनिल शर्माले वर्तमान सरकारले देशलाई स्थायित्व नदिने भन्दै स्थायित्वका लागि काँग्रेस र एमालेको सरकार बन्नुपर्ने बताएका छन् ।

    शुक्रबार नेपाल प्रेस युनियन बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने “यो सरकारले न सुशासन दिन्छ नत स्थायित्व नै । यो सरकार केबल टाइम पास गर्ने मात्र हो । स्थायित्वका लागि काँग्रेस एमाले सरकार नै चाहिन्छ । यो सरकारबाट मुलुकका लागि केही हुनेवाला छैन । ”

    उनले अहिलेको संसदले पनि काम गर्न नसकेको बताएका छन् । उनले भने जनप्रतिनिधी निर्वाचित भएको १७ महिनामा कानुन समेत बनाउन सकेको छैन । यो संसद एकअर्कालाई गाली गलौज गर्ने र जनताका नाममा धोका दिने मात्र काम भएको छ । संसदले त कानुन बनाउने हो नि, उनको प्रश्न थियो –तर खोइ त कानुन ?

    सांसद शर्माले केही नेताहरुले राजनीति प्रणाली नै कब्जा गरी सत्ता कब्जाको योजना बनाउने गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले देशको अर्थतन्त्र कमजोर हुनुमा मुख्य दोषी नै मुख्य दलहरु रहेको दाबी गरे ।

    सांसद डा शर्माले राज्यले करको दायरा बढाएर कानुनको करमा प्वालैप्वाल पारेकाले व्यापारीहरुले कर तिर्न सकस भएको पनि बताए । “जनताका आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै राज्यले शिक्षा स्वास्थ्य र खानेपानीको ग्यारेन्टी गर्नुपर्छ ” उनको भनाई थियो ।

    बाजुराको पुर्वी उत्तरी भेगको पिलुचौरमा शनिबार हुने निःशुल्क स्वास्थ्य शिविरका लागि बाजुरा आइपुगेका डाक्टर शर्माले पत्रकार सम्मेलनमा जनताका ६ हजार छोराछोरीले एमविविएस शिक्षा पढ्न नपाएको जिकिर पनि गरे ।

    डाक्टर गोविन्द केसीलाई काँग्रेस भित्रकै केही नेताहरुले बोकेर देशको स्वास्थ्य प्रणाली र अवस्था पनि ध्वस्त बनाएको उनको भनाई थियो । यसका कारण स्वास्थ्य क्षेत्रमा नेपालका युवाहरुले उच्च शिक्षा हासिल गर्नका अवरोध पुगेको बताउनु भएको छ ।

    उनले भने “ठुला पार्टीमा चुनाव लडे हार्ने डरले समानुपातिक टिका लगाएर आएकालाई शक्तिशाली मन्त्रालय दिएर राज्यको दोहन गर्ने गरेकाले देश थप समस्यामा परेको हो । निर्वाचितलाई बेवास्ता गर्दै समानुपातिकमा टिका लगाएर आएकालाई मन्त्री बनाएपछि देशको विकास हुन सक्दैन ।”

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend