logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : सभापति राणा

    पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : सभापति राणा

    572
    Shares
    पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : सभापति राणा

    काठमाडौँ । नेपाली काँग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकि सभापति डा. आरजु राणाले सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्ने बताइन् ।

    शुक्रवार ललितपुरमा आयोजित ‘नेशनल कल्सल्टटिभ वर्कशप अन न्युट्रेसन’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति राणाले पोषणको क्षेत्रमा सरकारले बजेट बढाउनुपर्ने बताइन् । उनले सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।

    उनले बालबालिकाको पोषणको आधारमा भविष्यमा कस्तो नागरिक हुन्छन् भन्ने निक्र्यौल हुने भन्दै उनीहरुको पोषणका निम्ति राज्यले ध्यान दिनुपर्ने बताइन् ।

    उनले पोषणलाई सरकारको प्राथमिकतामा पार्नको निम्ति स्थानीय तहदेखि नीतिगत तहसम्म पहल जरुरी रहेको बताइन् । उनले पोषणका सम्बन्धमा सरकारको विभिन्न रणनीतिहरु भएको उल्लेख गर्दै रणनीतिको कार्यान्वयनको पक्षलाई जोड दिनुपर्ने बताइन् ।

    उनले भनीन् – ‘पोषण एउटा असाध्यै महत्वपूर्ण कडी हो । जब एउटा सानो बच्चा जन्मिन्छ, पेटदेखि नै हामीले पोषणको ध्यान दिएनौँ भने हाम्रो देशको नागरिक कस्तो हुन्छन् ? अहिले मात्रै होइन भविष्यमा पनि उनीहरुको कस्तो किसिमको सिकाइ हुनसक्छ ? कस्तो किसिमको स्वास्थ्य हुन सक्छ ? र पहुँच कहाँसम्म पुग्नसक्छ भन्ने कुरा पोषणमा निर्भर छ ।

    हामीले प्राथमिकिकरण के मा गर्ने ? अर्थ समितिबाट आउनुभएको माननीयज्यूहरु पनि यहाँ हुनुहुन्छ । बजेटमा काटिएर आउने भन्नेकुरा सुनियो । त्यसलाई लबि गरिदिनुहुन म राष्ट्रिय रुपमै अनुरोध गर्न चाहन्छु । अहिले पोषण दिने कुरा ५ कक्षामा घट्यो ।

    पैसा पनि १५ रुपैयाँले के आउँछ ? एकातिर भाउहरु बढिरहेको छ भन्ने थाहा छ भने नेपाल सरकारको प्राथमिकतामा पोषण पर्छ कि पर्दैन ? सरकारको प्राथमिकतामा पोषणलाई पार्नका निम्ति हामी सबैले स्थानीय तहदेखि नीतिगत तहसम्म हामीले पहल गर्नुपर्ने देखियो । रणनीति बनाउनु राम्रो हो । तर साँच्चिकै हामीले कार्यान्वयन गर्ने हो कि होइन ।

    १०\१२ वटा त रणनीति रहेछ । रणनीति मात्रै बनाएर भएर । त्यसलाई कार्यान्वयन गर्न जे काम गर्नुपर्ने हो, बजेटलाई प्राथमिकतामा नेपाल सरकारले हाल्नुपर्यो भन्नेकुरामा हामी जानुपर्छ ।

    म चाहीँ कृषि क्षेत्रमा बजेट बढाउनुपर्छ भन्ने अभियानमा छु । कृषि पोषणसँग पनि सम्बन्धित छ। यो क्षेत्रमा नेपाल सरकारको बजेट हुनुपर्यो ।उनले आफू कृषि क्षेत्रमा पनि सरकारले बजेट बढाउनुपर्छ भन्ने पक्षमा रहेको बताइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend