logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • नवलपरासीबाट काठमाडौं गइरहेकाे बस दुर्घटना, ४२ जना घाइते

    नवलपरासीबाट काठमाडौं गइरहेकाे बस दुर्घटना, ४२ जना घाइते

    4.2K
    Shares

    नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यात्रु बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् ।

    साेमबार बिहान साढे १० बजे  नवलपरासीको त्रिवेणीबाट काठमाडौंका  लागि छुटेको लु १ ख ९४ ७६ नम्बरको बस दुर्घटनामा परेको पूर्व नवलपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको  मध्यविन्दु नगरपालिका–१०, अरुणखोला र दुम्किबास बीचको जङ्गलमा बस अनियन्त्रित भएर पल्टिएको थियो ।

    उक्त दुर्घटनामा घाइते भएका ४२ मध्ये ३७ जनाको मध्यविन्दु जिल्ला अस्पताल र पाँच जनाको दुम्किबासमा उपचार भइरहेको छ । घाइते सबै खतरामुक्त रहेको गिरीले जानकारी दिए । रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend