logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • पूर्वकर्मचारीहरुसँग देउवाले भने : आगामी निर्वाचनमा काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस्

    पूर्वकर्मचारीहरुसँग देउवाले भने : आगामी निर्वाचनमा काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस्

    897
    Shares
    पूर्वकर्मचारीहरुसँग देउवाले भने : आगामी निर्वाचनमा काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस्

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन निर्देशन दिएका छन् ।

    शुक्रवार काठमाडौंमा भएको पूर्वकर्मचारी समाज नेपालको छैटौँ साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठूलो र महत्वपूर्ण भुमिका रहेको बताए ।

    उनले सरकार परिवर्तन भइरहने भएपनि कर्मचारीतन्त्र स्थायी हुने बताए । उनले जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर कर्मचारीहरुलाई हुने पनि बताए । उनले सरकारको सफलता र असफलतामा कर्मचारीको भुमिका महत्वपूर्ण हुने पनि बताए । उनले नेपाली जनताको उन्नति, प्रगति नेपाली काँग्रेसको अपूर्ण अभिष्ट भएको बताए ।

    उनले भने, ‘नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठूलो र महत्वपूर्ण भुमिका रहेको छ । सरकार परिवर्तन भइरहन्छन् तर कर्मचारीतन्त्र स्थायी हुन्छ । त्यसैले स्थायी सरकार पनि भनिन्छ । कर्मचारीहरुको मुलुक निर्माणमा अत्यन्त ठूलो भुमिका हुन्छ । जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर हुन्छ ।

    सरकारको सफलता र असफलतामा कर्मचारीको भुमिका महत्वपूर्ण हुन्छ । नेपाली जनताको उन्नति, प्रगति नेपाली काँग्रेसको अपूर्ण अभिष्ट हो। यो उद्देश्य पूरा गर्न हाम्रो पार्टी सदैव दृढ संकल्पित छ ।

    त्यसका लागि लामो समयसम्म सरकारलाई तपाईहरुले दिएको अनुभव महत्वपूर्ण छ । आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पूर्ण बहुमत आउने अभियानमा सफल गराउनुहुनेछ भन्ने विश्वास लिएको छु ।’सभापति देउवाले पार्टी बलियो बनाउने काममा एकजुट भएर लाग्न आवश्यक रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend