logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • भरतपुरका कांग्रेसको सयुक्त निर्णय : मेयर नपाए सबै वडामा स्वतन्त्र उम्मेदवार उठाउछौं

    भरतपुरका कांग्रेसको सयुक्त निर्णय : मेयर नपाए सबै वडामा स्वतन्त्र उम्मेदवार उठाउछौं

    5.7K
    Shares

    चितवन । चितवनको भरतपुर महानगरपालिकामा रहेका कांग्रेसका सबै वडा सभापतिहरूले आगामी चुनावमा मेयरको टिकट कांग्रेसले पाउनु पर्ने निर्णय गरेका छन् । मंगलबार जिल्ला पार्टी कार्यालयमा भरतपुरका २९ मध्ये २५८ वडाका कांग्रेस सभापतिको बैठक बसेको थियो । उक्त बैठकले वैशाख ३० मा हुने स्थानीय चुनावमा भरतपुरको मेयर कांग्रेसले पाउनु पर्ने र नपाए विद्रोह गर्ने निर्णय गरेको हो ।

    बैठकमा सहभागी वडा नम्बर १५ का सभापतिले राजेन्द्र शाँखी भरतपुरको मेयरको टिकट अरू दललाई दिने निर्णय केन्द्रले गरेर पठाए आफूहरूले नमान्ने बताए । ‘कांग्रेसको चितवन जिल्ला कार्यसमितिले पनि भरतपुरको मेयर कांग्रेसले लिएर सत्तारूढ गठबन्धनका दलसँग तालमेल गर्ने निर्णय गरेको छ । केन्द्रले जबरजस्ती अरू दलकालाई मेयरको टिकट दिने निर्णय गरे हामी मान्दैनौं,’ शाँखीले भने,‘त्यसको विरोधमा हरेक वडामा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिन्छौं ।’

    वडा सभापतिहरूले गरेको निर्णय जिल्ला सभापति राजेश्वर खनाललाई बुझाइसकेको उनले जानकारी दिए । चार वडाका सभापति प्राविधिक कारणले बैठकमा नआए पनि निर्णयमा उनीहरूको पनि समर्थन रहेको शाँखीले बताए ।
    २०७४ को चुनावमा भरतपुरमा कांग्रेसले माओवादीसँग तालमेल गरेर मेयरमा उम्मेदवारी दिएको थिएन ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन क्षेत्र पनि पर्ने भरतपुरको मेयरमा उनकी छोरी रेनु दाहाल निर्वाचित भएकी थिइन् । माओवादीले अहिले पनि भरतपुरको मेयर आफैंले राख्न चाहेको छ । चितवन कांग्रेसका नेताहरूले भने भरतपुरको मेयर आफूले पाउनु पर्ने भन्दै लबिङ गरिरहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend