logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नर्भिक अस्पतालमा अत्याधुनिक भवनको निर्माण सुरु

    नर्भिक अस्पतालमा अत्याधुनिक भवनको निर्माण सुरु

    5.9K
    Shares

    काठमाडाै‌ । पब्लिक कम्पनीमा रुपान्तरण भई क्षमता विस्तारका लागि आक्रामक बनेको नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो महत्वकांक्षी प्रोजेक्टको विधिवत थालनी गरेको छ । नर्भिक अस्पतालले आफ्नो महत्वकांक्षी प्रोजेक्ट ‘अत्याधुनिक भवन निर्माण’को कामलाई विधिवत रुपमा बैशाख १, २०७९(आज)देखि थालेको हो ।

    नयाँ वर्षको शुभमूहुर्तमा ८ तले अत्याधुनिक अस्पताल भवनको निर्माण थालिएको छ ।
    हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा क्यान्सर उपचारको अत्याधुनिक सुविधासहितको सेवा विस्तार गर्ने उद्देश्यले भवन निर्माणको काम थालिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।

    नेपालमा आधुनिक स्वास्थ्य सेवाको जग बसालेको श्रेय पाउने गरेको नर्भिकको आजै(बैशाख १ गते) २९ औं वार्षिकोत्सव समेत हो । वार्षिकोत्सवको अवसर पारेर भवन निर्माणको कामको सुरुवात गरिएको मिश्रले प्रष्ट पारे ।

    अस्पतालको भवन निर्माणको जिम्मा रोशन कन्स्ट्रक्सन प्रालिले पाएको छ । अबको एक वर्षभित्र भवन संरचना नर्भिकलाई हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ । कुल १ लाख ६५ हजार स्क्वायर फिटमा बन्न लागेको नयाँ भवन कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्टसहितको आधुनिक र सुविधासम्पन्न हुनेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend