बिहिबार, बैशाख १८ २०८२

बिहिबार, बैशाख १८ २०८२

साधारण सदस्य समेत नरहने गरी भरतपुरका ५० कांग्रेस नेताले दिए सामूहिक राजीनामा

साधारण सदस्य समेत नरहने गरी भरतपुरका ५० कांग्रेस नेताले दिए सामूहिक राजीनामा

चिवतन । पार्टी माओवादीकरण भएको भन्दै भरतपुरका ५० जना कांग्रेसका नेता तथा कार्यकर्ताले नेपाली कांग्रेस पार्टीबाट सामुहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिका १७ बेलुवाका नेता कार्यकर्ताले आज (शनिबार) एक कार्यक्रमको आयोजना गरी सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

स्थानीय प्रकाश कँडेलको संयोजकत्वमा भएको कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहनेगरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको हो ।

पूर्व वडाअध्यक्ष देवनारायण महतो र पूर्वपार्टी वडा सभापति विष्णुप्रसाद सुवेदी सहित ५० जनाले सामूहिक राजिनामा दिएको कँडेलले बताए । पार्टी स्वार्थ केन्द्रित राजनीतिमा लिप्त भएको र राष्ट्रघाती एमसीसी पास गरेको उनले आरोप लगाए । पार्टीले सबै सरकारी कलकारखाना निजीकरण गर्दै बेचेको समेत कँडेलको आरोप छ ।

उनीहरुले पार्टीको साधारण सदस्यबाट राजीनामा दिए पनि देश र जनताको काममा सधैं रहिरहने बताएका छन् । उनिहरुले पार्टी गठबन्धनका नाममा माओवादीकरण भएको आरोप लगाएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend