काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफूलाई सरकारले गरेको निलम्बनको निर्णयविरूद्ध अदालत पुगेका छन् ।
गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध उनी सर्वोच्च अदालत गएका हुन् ।
अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् ।
उनका तर्फबाट वकिलहरू आइतबार सर्वोच्चमा रिट दर्ता गराउन पुगिसकेका छन् ।