logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

    जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

    3.6K
    Shares

    लमजुङ । जबरजस्ती करणी गरेको आरोपमा लमजुङ प्रहरीले १ युवकलाई पक्राउ गरेको छ । ती युवकमाथि १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

    राइनास नगरपालिका–६ का २६ वर्षीय श्रीकृष्ण चिलुवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्सपेक्टर जगदीश रेग्मीले बताए ।

    गत चैत ३० गते ती किशोरीलाई ललाइफकाई गरी गाउँभन्दा पर लगेर ती युवकले जबरजस्ती करणी गरेको पीडितले बताएको प्रहरीले जनाएको छ । पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले शनिबार बिहान पक्राउ गरेर ती युवकलाई जिल्ला प्रहरी कार्यालय ल्याएको छ ।

    स्रोतका अनुसार ती युवकले युवतीलाई खाजा खान परसम्म जान आग्रह गरेपछि बजार क्षेत्रको एउटा होटलमा आएका थिए । घटनाको दिन साँझपख भीषण वर्षा भएपछि उनीहरु त्यहीँ रोकिएका थिए । भोलिपल्ट नयाँ बर्ष मनाउन पोखरातर्फ जाने सल्लाहबमोजिम किशोरीलाई सार्वजनिक बसमा पठाएको र आफू पछि निजी सवारीमा आउने आश्वासन दिएकोमा युवक नआएपछि किशोरी अलपत्र परेकी हुन् ।

    त्यसपछि आफन्तसँगको सम्पर्कमा पुगेका किशोरीले घटनाबारे भनेपछि परिवारले थाहा पाएका थिए । जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी कृष्णबहादुर कार्कीले पक्राउ गरिएका युवकमाथि अनुसन्धान थालिएको बताए ।

    ‘घटनाबारे पीडित परिवारको उजुरी आयो । हामीले आरोपितलाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अघि बढाएका छौं,’ उनले भने । प्रहरीले पीडित किशोरीको स्वास्थ्य परीक्षण गरिएको बताएको छ । युवकलाई आइतबार लमजुङ जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिएर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend