काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आशन्न स्थानीय निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका दलका शीर्ष नेताहरु उपमहानगरपालिका भागबण्डाका लागि छलफलमा जुटेका हुन् ।
आजको बैठकले ११ वटा उपमहानगरको भागबन्डा गर्ने बताइएको छ । हिजो राति अबेरसम्म बसेको बैठकले सहमति निकाल्न नसकेपछि नेताहरु आज बसेका हुन् ।
१० वटा उपमहानगरमा लगभग भागबण्डा मिले पनि जनकपुरमा दुई पार्टी कांग्रेस र जसपाको दाबी छ । कांग्रेसले धनगढी, नेपालगञ्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरान उपमहानगर पाउने बताइएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले घोराही र जितपुर सिमरा लिने र नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगर पाउने भएको छ ।