logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • भरतपुर कांग्रेसले रेनुलाई नमान्ने, पुर्वसांसद पौडेललाई उम्मेदवार बनाउने निर्णय

    भरतपुर कांग्रेसले रेनुलाई नमान्ने, पुर्वसांसद पौडेललाई उम्मेदवार बनाउने निर्णय

    7.3K
    Shares

    चितवन । चितवन कांग्रेसले भरतपुर महानगरपालिकामा काग्रेसको तर्फबाट मेयरमा आफ्नै उम्मदेवार उठाउने भएको छ । गठबन्धन विरोधि कांग्रेस नेता कार्यकर्ताको आज बसेको बैठकले पुर्व सांसद जगन्नाथ पौडेललाई मेयरको रुपमा उभ्याउने निर्णय गरेको नेपाल ट्रेड युनियन चितवनका सह संयोजक सुर्य बस्नेतले सुनौलो नेपाललाई जानकारी दिए ।

    भरतपुर महानगरमा गठबन्धनका तर्फबाट रेनु दाहाललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर चितवन कांग्रेसले केन्दको यो निर्णयलाई अस्विकार गर्दै आएको थियो ।

    चितवनका करिव ८० प्रतिशत कांग्रेसको समर्थनमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको बस्नेतले बताए ।
    प्रस्तावकमा नेपाली कांग्रेस महासमिती सदस्य मिना खरेल र समर्थकमा तरुण दलका शम्भु अर्यालको समर्थनमा पौडेलले भोली उम्मेदवारी दर्ता गर्ने निर्णय भएको बस्नेतले सुनौलो नेपाललाई बताए ।

    यस्तै पूर्व माओवादी कार्यकर्ता यमकान्त कंडेलले पनि भरतपुरको मेयरमा आफ्नो उमेद्वारी दर्ता गराईसकेका छन् । भरतपुर महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कंडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

    उनले राष्ट्रवादी एकता युवा अभियान नेपालबाट स्वत्रन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको बताए । कंडेल भरतपुर महानगरपालिका १ देवघाट निवासी हुन् ।

    सुनौलो नेपालसंग कुरा गर्दै उनले माओबादी लगायतका राजनैतिक दलले राष्ट्रलाई घात गरेको जनतालाई दमन शोषण अत्याचार गरेको भन्दै त्यसबाट उन्मुक्ति दिन आफुले उमेद्वारी दर्ता गरेको बताए ।

    भरतपुर महानगरपालिकमा पाँच दलीय गठबन्धनको तर्फबाट साझा उमेद्वार रेनु दाहाल र एमालेको तर्फबाट बिजय सुबेदी मैदानमा छन् ।


    पार्वती पाण्डेय
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend