logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पोखरामा कांग्रेसले मेयरको उम्मेदवार पाउनुपर्छ भन्ने कांग्रेसी पार्टी कार्यालयमा थुनिए

    पोखरामा कांग्रेसले मेयरको उम्मेदवार पाउनुपर्छ भन्ने कांग्रेसी पार्टी कार्यालयमा थुनिए

    3.4K
    Shares

    पोखरा । पोखरा महानगरपालिकामा चुनावी तालमेलको विपक्षमा रहेका नेपाली कांग्रेसका कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुनेका छन् ।

    सत्तारुढ गठबन्धनभित्र पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार कांग्रेसले पाउनुपर्ने माग गर्दै आएका उनीहरुले जिल्ला समितिका पदाधिकारी बैठकमा रहेका बेला थुनिदिएका हुन् ।

    सत्तारुढ गठबन्धनमा पोखराको मेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादीले पाउने सहमति भइसको छ ।

    कांग्रेसका जिल्ला सचिव भानु ढकालले आफूहरु थुनिएको बताए । ‘भित्र बैठक चलिरहेको छ । कार्यकर्ताहरु आएर थुनिदिनुभएको छ । बाहिर निस्किन दिनुभएको छैन,’ उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend