logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • जगन्नाथ पौडेल : भरतपुर महानगरमा कांग्रेसको अस्तित्व जोगाउन स्वतन्त्र उम्मेदवार

    जगन्नाथ पौडेल : भरतपुर महानगरमा कांग्रेसको अस्तित्व जोगाउन स्वतन्त्र उम्मेदवार

    6.5K
    Shares

    चितवन । भरतपुर महानगरपालिकाको निर्वाचन रोचक हुने देखिएको छ । गठबन्धनका तर्फबाट रेनु दाहालको उम्मेदवारी अस्विकार गर्दै आएको चितवन कांग्रेसको असन्तुष्ट पक्षले स्वतन्त्र उम्मेदवारको रुपमा जगन्नाथ पौडेललाई अगाडि सारेको छ ।

    गठबन्धनको निर्णयविरुद्ध मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका कांग्रेस नेता जगन्नाथ पौडेलले मतपत्रमा रुख नभए पनि चारतारे झण्डा बोकेर मत माग्ने बताएका छन् । भरतपुरको प्रमुख माओवादीलाई दिने पार्टी निर्णयको विरुद्धमा आयोजित भेलाबाट स्वतन्त्र उम्मेदवार छानिएपछि पौडेलले आफ्नो चुनाव चिन्ह जे भएपनि कांग्रेसका कार्यकर्ताहरूले भोट दिने बताए ।

    ‘भरतपुरमा कांग्रेसले रुख छाड्यो । कांग्रेसले रुख छाडेपनि कांग्रेसीले चारतारे झण्डा छाडेका छैनन् । स्वतन्त्र उम्मेदवारको चिन्ह के हुन्छ प्राविधिक कुरा हो । हजारौं कांग्रेसीको उपस्थितिमा भोली उम्मेदवारी दर्ता हुन्छ । चारतारे झण्डा बोकेर हामी जनतामा जानेछौं’, पौडेलले भने ।

    कांग्रेसीले कांग्रेसमा भोट दिन नपाउने अवस्थाको अन्त्य गर्न आफू उम्मेदवार बन्ने बताउँदै पौडेलले कुनै प्रलोभन वा धम्कीबाट आफू विचलित नहुने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend