गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर–२ निवासी ४९ वर्षका ज्ञानकुमार कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालले बताए ।
आइतबार दिउँसो बाख्रा चराउन र माछा मार्न गएका कुमाल छल्दी खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टको लागि गुल्मी अस्पतालमा ल्याइएको छ ।