logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • निर्वाचन आयोगको बद्नियतका कारण स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत बदर भयो: मेयर आचार्य

    निर्वाचन आयोगको बद्नियतका कारण स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत बदर भयो: मेयर आचार्य

    2.4K
    Shares

     

    पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको बद्नियतका कारण स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको बताएका छन् । नेकपा (एकीकृत समाजवादी)बाट मेयर निर्वाचित आचार्यले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया संवैधानिक निकायको मर्यादामा नबसेकै कारण ५० प्रतिशतभन्दा बढि मत बदर हुन गएको भन्दै चर्को आलोचनागरेका हुन् ।

    पोखरामा बुधबार आयोजित विजय सभामा बोल्दै नवनिर्वाचित उनले भने, ‘दिनेशकुमार थपलियाको यहीखालको रवैया, यहीखालको गतिविधि र भाइबन्दी गर्ने हो पदमा बसिरहन नैतिक अधिकार छैन । थपलियाले आफैले आफैलाई नैतिक अधिकार के हो ? भनी सोध्न जरुरी छ । तपाई संवैधानिक निकायको मर्यादामा बसिदिनोस् । निर्वाचन आयोग यति धेरै बद्नियत हुनुपर्ने थिएन । तराईका जिल्लामा ५० प्रतिशत बढी मत बदर भएको छ । तपाईंको कार्यक्षमतामाथि प्रश्न निर्वाचन आयोगमाथि उठेको छ । तपाईंले जवाफ दिनु जरुरी छ । यो खालको बद्नियत गर्न मिल्दैन ।’

    उहाँले निर्वाचन आयोगको रवैया नभएको भए आफूले २७ हजार बढी मतान्तरले चुनाव जित्ने र गठबन्धनतर्फबाट उपमेयरको पनि १६ हजार बढि मतका साथ विजयी हुने दावी समेत गरे । उनले अबदेखि महानगरमा भाषण भन्दा पनि समृद्ध पोखरा बनाउने गरी काम सुरु गर्ने प्रतिवद्धता व्यक्त गरे । अब कसरी काम अघि बढाउने भन्नेबारे क्लोज क्याम्प गर्ने योजना पनि मेयर आचार्यले सार्वजनिक गरे । ३ दिन÷२ रातको सो क्लोज क्याम्पमा पोखराका ३३ वटै वडाका वडाध्यक्ष, मेयर, उपमेयर, महानगरका प्रमुख प्रशासकीय अधिकृत, महानगरका विभिन्न विभागीय प्रमुखको मात्र उपस्थिति हुने र पोखरा बनाउन घनिभूत छलफल गर्ने उनको भनाई थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend