काठमाडौं । धादिङ सिस्नेखोलादेखि काठमाडौं सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाका लागि सरकारले पाँच अर्ब बजेट छुट्याएको छ।
आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पाँच अर्ब बजेट छुट्याइएको घोषणा गरे। चालु आवका लागि सरकारले ९ अर्ब ८५ करोड बजेट विनियोजन गरिएको थियो।