logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • कम्युनिस्टले जस्तो कांग्रेसले यो पाँच वर्ष खेर फाल्ने छैन: गगन थापा

    कम्युनिस्टले जस्तो कांग्रेसले यो पाँच वर्ष खेर फाल्ने छैन: गगन थापा

    4.2K
    Shares
    कम्युनिस्टले जस्तो कांग्रेसले यो पाँच वर्ष खेर फाल्ने छैन: गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कम्युनिस्टले जसरी कांग्रेसले यो ५ वर्ष खेर नफाल्ने बताएका छन् । सोमबार नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले आयोजना गरेको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई स्वागत सम्मान तथा बधाई कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् ।

    थापाले २०७४ सालको आम निर्वाचनमा नेकपा एमालेले बहुमत प्राप्त गर्दा पनि ५ वर्ष खेर फालेको आरोप लगाएका हुन् ।

    उनले गठबन्धनले हेटौंडामा सुखद र सानदार मतसहित जित हासिल गरेको बताए । ‘मतदाताहरू आक्रोशित भएका छन्, त्यसकै उपज विभिन्न ठाउँहरूमा स्वतन्त्र उम्मेदवारहरूले जित हासिल गरेका छन्,’ उनले भने, ‘घोषणापत्रलाई संकल्पपत्र मानेर अघि बढ्नु पर्छ ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend