logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मलको अभाव वर्षेनी हुनेगरेकोले यसमा सरकारले दीर्घकालीन समाधान खोज्नुपर्छ: प्रकाश पन्त

    मलको अभाव वर्षेनी हुनेगरेकोले यसमा सरकारले दीर्घकालीन समाधान खोज्नुपर्छ: प्रकाश पन्त

    2.6K
    Shares

    काठमाडौं । राष्ट्रिय सभा सदस्यहरुले विभिन्न समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलवार बसेको रािष्ट्रय सभाको बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य प्रकाश पन्तले मलको अभाव वर्षेनी हुनेगरेको भन्दै यसमा सरकारले दीर्घकालीन समाधान खोज्नुपर्ने बताए ।

    उनले देशभरका माध्यामिक तहसम्म अध्ययनरत विद्यार्थी भर्ना भएको दुई महिना बितिसक्दासमेत विद्यार्थीले पाठ्यपुस्तक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले आधारभुत माध्यामिकसम्मको शिक्षा निःशुल्क हुने कुरा संविधानमा उल्लेख भएपनि सरकारी विद्यालयहरुले कतिपय ठाउँमा विभिन्न बहानामा शुलक लिने गरेको भन्दै यसलाई रोक्न सरकार गम्भीर बन्नुपर्ने बताए ।

    उनले भने, ‘वर्षेनी मलहरुको अभावको कुरा छ । हामी बोल्ने कराउने, सरकार मल आउँछ भन्ने तर नआउने, यसलाई सधैँका लागि समस्याको समाधान कसरी गर्ने भन्नेतर्फ सरकारले आवश्यक तयारी गरोस् । अर्को अभावको मुलुकभर पुस्तकको छ । विद्यार्थी भर्ना भएर २ महिना भइसक्यो पढाइ शुरु भएको, पुस्तक पाउन सकेका छैनन्, काठमाडौं आसपासमा पनि पुस्तक छैन । अन्य दूरदराजमा के होला ? यसतर्फ सरकारलाई ध्यानाकर्षण गराउँछु । आधारभुत माध्यामिकसम्मको शिक्षा निःशुल्क हुने कुरा गरेका छौँ, तर अहिले पनि सामुदायिक, सरकारी विद्यालयहरुले कुनै बहानामा शुल्क लिइराख्ने गरेको पाइएको छ । यो संविधानबिरुद्ध छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend