काठमाडौं । सशस्त्र प्रहरी बलका ३७ जना डिएसपी एसपीमा बढुवा हुने भएका छन् । बढुवा समितिले यही असार ५ गते गरेको निर्णय अनुसार बढुवा सिफारिसमा परेकाहरुको नामावली सशस्त्र प्रहरी बलले सार्वजनिक गरेको छ ।
ज्येष्ठताक्रमको पहिलो नम्बरमा टोपबहादुर डाँगी बढुवा सिफारिसमा परेका छन् । त्यसपछि क्रमशः हस्तबहादुर गुरुङ, तुलबहादुर भण्डारी, सुमन थपलिया, जीवन केसी, धिरेन्द्र राज न्यौपाने, देव राज अर्याल, दिनेश मल्ल, उद्धव बहादुर रावल, शिवप्रसाद गैह्रे लगायत छन् ।
बढुवामा चित्त नबुझे ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिती समक्ष उजुरी दिन सकिने सशस्त्र प्रहरी बलले जनाएको छ ।