logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि अलग अलग मूल्य तोक्छौं: थानी

    ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि अलग अलग मूल्य तोक्छौं: थानी

    2.8K
    Shares
    ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि अलग अलग मूल्य तोक्छौं: थानी

    काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले खाना पकाउने ग्यासमा छिट्टै दुईथरि मूल्य तोक्ने बताएका छन् । इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन सोमवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताएका हुन् ।

    उनले आयल निगमले छिट्टै ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि अलग अलग मूल्य तोकेर जाने बताए । कार्यकारी निर्देशक थानीले औद्योगिक प्रयोजन र घरायसी प्रयोजनको ग्यास सिलिन्डर चिन्न सिलिन्डरको आकार, ग्यासको गन्ध र सिलिन्डरको रङ फरक बनाउने पनि बताए । उनले ग्यासमा दोहोरो मूल्य कायम गर्नुको लागि गुणस्तर तथा नापतौल विभागको महानिर्देशकको नेतृत्वमा विज्ञ सदस्य सहितको समितिले अध्ययन गरिरहेको जानकारी दिए ।

    उनले भने,‘ एलपी ग्यास यो कुकीङ ग्यास हो । जनताको चुलोसँग जोडिएको हो । हामी पनि अत्यन्त गम्भीर छौं । अहिले नेपाल आयल निगमको दुई हप्ता अगाडिको सञ्चालक समितिको बैठकले ग्यासमा दोहोरो मूल्य कायम गर्नुपर्छ भन्ने हेतुले गुणस्तर तथा नापतौल विभागको महानिर्देशकको नेतृत्वमा विज्ञ सदस्य सहितको समिति बनाएको छ । त्यो समितिले तीव्रगतिमा अध्ययन गरिरहेको अवस्था छ । समितिको प्रतिवेदन आएपछि सञ्चालक समिति बसेर दोहोरो मूल्य कामय गर्ने गरी अगाडि बढेका छौं । रातो , हरियो र नीलो सिलिण्डरको कुरा मात्रै गरियो । तर अब के हो भने रङको कुरा मात्रै होइन, ४०० सय केजीसम्मको ग्यासको सिलिण्डर आउने अन्तर्राष्ट्रिय प्रचलन छ । साइज, स्माइल र रङको कुरा छ । त्यसमा स्माइल पनि परिवर्तन गर्ने हो । एलपी ग्यास दोहोरो मूल्यमा जाने तयारीमा छौं । हामी एकदमै चाँडो ग्यासको दोहोरो मूल्यमा जान्छौं, दोहोरो मूल्य गरेर औद्योगिक प्रयोजनमा परल मूल्यमा जाने र घरायसी प्रयोजनमा सहुलियत दिने ,औद्योगिक प्रयोजन र घरायसी प्रयोजनको ग्यास सिलिन्डर चिन्न सिलिन्डरको आकार, ग्यासको गन्ध र सिलिन्डरको रङ पनि फरक बनाउने हो ।’

    कार्यकारी निर्देशक थानीले अर्थ मन्त्रालयले आयल निगमलाई पठाएको पत्रअनुसार चालु आर्थिक वर्ष सम्मको लागि पूर्वाधार करमा १० रुपैयाँ कर घटाएको बताए । उनले अर्थ मन्त्रालयको पत्रअनुसार नै निगमको सञ्चालक समितिले प्रतिलिटरमा १० रुपैयाँ घटाउने निर्णय गरेको बताए । थानीले अहिले पनि निगम मासिक ४ अर्ब रुपैयाँ घाटामा गइरहेको बताए । उनले अब आइओसीसँग खरिद गरेको मूल्यमा कर थप गरी आउने लागत मूल्यमै इन्धन बिक्री गरिने बताए ।

    कार्यकारी निर्देशक थानीले पेट्रोल अहिले पनि प्रतिलिटर १३.५८ रुपैयाँ, डिजलमा १३.९५ रुपैयाँ र ग्याँसमा प्रतिसिलिण्डर ७१५ रुपैयाँ घाटारहेको बताए । उनले २०७१ साल देखि नै परल मूल्यमा बिक्री गर्न पाएको भए यति ठूलो घाटा नहुने अवस्था रहेको बताए । उनले भने,‘अर्थमन्त्रालयको निर्णय सम्मान गर्दै पेट्रोलियम पदार्थमा १० रुपैयाँ पूर्वाधार कर घटाइएको हो । त्यो घटेको पूर्वाधर कर घटाउने विषय अर्थ मन्त्रालयले चालु आर्थिक वर्षसम्म मात्रै हो । ४५ दिनको लागि पूर्वाधार कर समायोजन गर्नु भन्ने विषय रहेको छ । त्यसैको सम्मान गर्दै आयल निगमको सञ्चालक समितिले १० रुपैयाँ घटाउने निर्णय गरेको हो । आर्थिक ऐन अनुसार भन्सार बिन्दुमा नै पूर्वाधार कर तिनुपर्ने छ । अहिलेसम्म पनि नेपाल आयल निगमले १० रुपैयाँ बुझाएको छ । अहिले परल मूल्यमा घटी गर्न पाइएन । किन पेट्रोलको मूल्य १९९ सय पुग्यो भन्ने विषय यसैसँग जोडिन्छ । हामी प्रतिलिटर ३१ रुपैयाँ घाटामा छौं । तर परल मूल्यमा जाँदा पनि अर्थ मन्त्रालयले निर्णय अनुसार निगमले सोध भर्ना गर्न पाउने अवस्था छ । २१ रुपैयाँसम्म जान सक्ने अवस्था रहयो । डिजेलमा पनि ३७ रुपैयाँ घाटा हुँदै गर्दा पनि २७ रुपैयाँ जानसक्ने भएकाले १९९ सय भएको हो । स्वाचालित मूल्य कार्यान्वयन नभएको भन्नेछ । यसमा स्वाचालित कार्यविधि अन्तर्गतमा कार्यकारी निर्देशकले २ प्रतिशत अधिकारमा संशोधन भएको अवस्था छ । निगमको सञ्चालक समिति प्रतिशतमा रहनु पर्दैन । समितिले मूल्यसमायोजन गर्दा जुनसुकै हिसावले गर्नसक्ने अवस्था छ । २०७१ सालपछि स्वाचालित मूल्य प्रणाली लागू नभएकै हो । त्यो बेलादेखि स्वाचालित मूल्य प्रणाली अनुसार समायोजन भएको भए अहिले धेरै मूल्य बढाउनु पर्ने थिएन । अब हामी स्वाचालित मूल्य प्रणालीमा जानुपर्छ भन्ने हो ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend