logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन सरकारले ठोस कदम चाल्नुपर्छ: दुर्गा पौडेल

    विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन सरकारले ठोस कदम चाल्नुपर्छ: दुर्गा पौडेल

    1.9K
    Shares
    विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन सरकारले ठोस कदम चाल्नुपर्छ: दुर्गा पौडेल

    काठमाडौं । राष्ट्रिय जनमोर्चाकि सांसद दुर्गा पौडेलले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन सरकारले ठोस कदम चाल्नुपर्ने बताएकी छन् । उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिन ऐन नै बनाउनुपर्नेमा जोड दिइन् ।

    उनले आउँदो निर्वाचनमै मतदान गर्न पाउनेगरी व्यवस्था गर्न सरकारसँग माग गरिन् । उनले भनिन्– ‘प्रवासी नेपालीहरुलाई मतदानको अधिकार दिनको निम्ति सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिन्छ । त्यसको निम्ति ऐन नै बनाएर जानुपर्ने आवश्यकता देखिन्छ । सर्वोच्चले निर्देशनात्मक आदेश दिएको तर आदेश कार्यान्वयन अहिले सम्म कार्यान्वयन भएको छैन । आगामी निर्वाचनमा प्रवासी नेपालीलाई सरकारले व्यवस्था गरेर जानुपर्छ भन्ने हाम्रो सरकारसँग गम्भीर माग छ । प्रत्यक्ष निर्वाचनतर्फ मतदानको अधिकार र समानुपातिकतर्फ मतदानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदछु ।’

    उनले संसदमा महिलाहरुको प्रतिनिधित्व बढाउनका लागि महिलाहरुको छुट्टै निर्वाचन क्षेत्र बनाउनुपर्ने पनि बताइन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend