logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • हैजा फैलिएको बारे सांसदहरु: कसले के भने ?

    हैजा फैलिएको बारे सांसदहरु: कसले के भने ?

    3.3K
    Shares
    हैजा फैलिएको बारे सांसदहरु: कसले के भने ?

     

    काठमाडौं । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोरका कारण हैजा फैलिएको भन्दै बेलैमा न्यूनिकरण गर्न र आवश्यक तयारी अघि बढाउन सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । सोमवार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सांसदहरुले सरकार यसप्रति गम्भीर भएर लाग्नुपर्ने बताएका हुन् ।

    सांसदहरुले काठमाडौंका विभिन्न स्थानका पानी कम्पनीहरुको परीक्षण र अनुगमन हुनु आवश्यक रहेको बताए । सांसदहरुले सरकारले हेजजाको त्रास र संक्रमण जताततै पैmलिसक्दासमेत अनुसन्धान र तयारी नगरेको गुनासो गरेको छन् । उनीहरुले सरकारले बेलैमा हैजा नियन्त्रण र न्यूनिकरणका उपाय नगरे यसले भयावह रुप लिनसक्ने बताएका छन् ।

    बैकठमा बोल्दै नेपाली काँग्रेसका सांसद मानबहादुर विश्वकर्माले एकै ठाउँमा मात्रै हैजा नभेटिएकोले गम्भीर अवस्था आइसकेको भन्दै यसबारेमा छानबिन हुन जरुरी रहेको बताए । उनले सरकारका साथसाथै जनताको पनि यसमा जिम्मेवारी रहेकोले बेलैमा शतर्क हुनुपर्ने बताए । उनले काठमाडौंको डिल्लीबजार र वागबजार र ललितपुरको सानेपामा हैजा पुष्टि भइसकेको भन्दै खानेपानीको परीक्षणमा कडाइ हुनुपर्ने बताए ।

    उनले भने, ‘हैजा विभिन्न ठाउँमा देखिएको छ । वागबजार, डिल्लीबजार, सानेपा, त्यो भनेको एउटै पकेटबाट कोलेरा देखिएको भए त त्यहाँको विशेष केबाट हो भन्ने हुन्थ्यो होला । सबै ठाउँ हुँदा त सबै ठाउँको सिच्वेशन त्यस्तै देखियो, यो बढी खतरनाक हो । वागबजारमा फैलियो भने त्यसले सबै एरियामा असर गर्नसक्छ । पकेट एरियाबाट जन्मिएको हो कि के हो त्यसबारेमा छानबिन हुन जरुरी छ । सरकारको एकातिर जिम्मेवारी छ भने सर्वसाधारणको जिममेवारी पनि त्यत्तिकै छ ।’

    त्यस्तै नेकपा एमालेका सांसद तिलबहादुर महत क्षेत्रीले अहिलेसम्म जारको पानीमा १५ प्रतिशत पानी प्रदुषित रहेको पाइएकोले पानी उत्पादन कम्पनीहरुको निगरानी गर्न आवश्यक रहेको बताए । उनले काठमाडौंमा फेला परेका १२ जना हैजाका बिरामीमध्ये केही बिरामी पानीपुरी खाएका कारण पनि हैजा पुष्टि भएको पाइएकोले यसमा अनुसन्धान हुन आवश्यक रहेको बताए ।

    उनले भने, ‘हामीले जारको पानीमा १५ प्रतिशत प्रदुषित पायौँ । झाडापखालालाई सहयोग गर्ने धेरै भनेको पिउने पानी र प्रदुषित पानीका कारण हो । पानी उत्पादन गर्ने कम्पनीहरुमा सरकारले हेरेको छ कि छैन ? निरीक्षण के भएको छ । सरकारले हेरिरहेको छैन भन्ने सुन्दैछौँ । पानीपुरी खाएर पनि बिरामी परे भन्ने सुन्दैछौँ । १२ जना भित्रकै पानीपुरीबाट बिरामी भएको भन्ने कुरा छ । यो कुरा हामीले ख्याल पु¥याएनौ भने सम्हाल्न सक्दैनौँ । अन्य ठाउँमा पनि परीक्षण हुन जरुरी छ ।’

    त्यस्तै नेकपा एमालेका सांसद जगतबहादुर सुनार (विश्वकर्मा) ले हैजाको कुरालाई ध्यान दिएर शतर्कता अपनाउनुपर्ने बताए । उनले वर्षाको समय भएकोले बाढी र पहिरोको अवस्थालाई मध्यनजर गरी त्यसबाट निम्तिने महामारीलाई पनि मध्यनजर गर्नुपर्न ेबताए ।

    उनले भने, ‘अहिले यो हैजाको कुरा जुन छ, हामीले यसलाई ध्यान दिएर शतर्कता अपनाउन आवश्यक छ । यो वर्षातको बेला छ । वर्षाका बेला बाढी पहिरोका कारण शुद्ध पानी पिउन समस्या छन् । बाढीका कारण बस्ती डुबानमा पर्ने र त्यसबाट निम्तिने महामारीलाई विचार गर्नुपर्छ । देशव्यापी रुपमा हाम्रो तयारी के छ ? त्यसमा मनग्य ध्यान पुगोस् ।’

    त्यस्तै नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना विशंखेले सम्भावित जोखिमको आँकलन गर्दा विगतको समस्यालाई हेरेर काम गर्नुपर्ने बताइन् । उनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अहिलेको तयारी उचित नरहेको पनि बताइन् । उनले भनिन्, ‘यो वर्ष भन्दा अघि कसरी काम गरेका थियौँ । कति जनशक्ति कति पुगेको थिएन भन्ने कुरा विगतको डेटा हेरेर अहिले काम गर्नुपर्छ । इपिडिमियोलोजीले गरेको प्लान चित्त बुझेन ।’

    त्यस्तै नेकपा एमालेकी सांसद रेखाकुमारी झाले हैजाको संक्रमणले धेरै फैलिरहेपनि सरकारले अनुसन्धानमा चासो नदिएको बताइन् । उनले एक ठाउँमा मात्रै नभइ हरेक क्षेत्रका पानीहरुको जाँच गर्न आवश्यक रहेको बताइन् । उनले काठमाडौंमा केही समय पहिला थुप्रिएको फोहोर र समयमै उठ्न नसक्नुले हैजाको संक्रमण झनै बढेको बताइन् । उनले समयमै न्यूनिकरण गर्न नसके अवस्था भयावह हुने बताइन् ।

    उनले भनिन्, ‘हैजाको बारेमा धेरै कुराहरु उठिरहेको छ । यसको अनुसन्धान भनेको एक ठाउँको मात्रै होइन । हामीले सबै ठाउँको अनुसन्धान गर्न आवश्यक छ । अर्को कुरा हामी जहाँ जहाँ फोहोरका डंगुर देख्यौँ र निश्चित समयसम्म त्यो उठेन, त्यसले झनै फैलाउने काम गरेको छ । यसको असर बिस्तारै सर्च गर्दा अरु ठाउँमा देखिन्छ भेटिन्छ । यसलाई छिटो न्यूनिकरण गर्न सकिएन भने भयावह हुन्छ ।’

    त्यस्तै नेपाली काँग्रेसकी सांसद चित्रलेखा यादवले हैजाको विषय गम्भीर बन्दै गएको बताइन् । उनले समितिले यसबारेमा निर्देशन दिनेमात्र नभइ अनुगमन गर्न आवश्यक रहेको बताइन् । उनले केही दिन यता सरकारले औषधिको मूल्यवृद्धि गरेको समाचार आएको भन्दै आवश्यक औषधिहरुको मूल्यवृद्धि गर्नुनहुने बताइन् ।

    उनले भनिन्, ‘आवश्यक औषधिहरुको मूल्यवृद्धि हुनुहुँदैन । त्यो गाइडलाइनमा सरकार पनि हिँड्नुपर्छ । क्लिनिकल ट्रायल र आयातलाई रेगुलेट गर्ने कुरामा पनि ध्यान दिनुपर्छ । उपचार नपाएर त मान्छे मर्छ तर उपचार पाएर पनि मान्छे मर्ने अवस्था त हुनु भएन नि । औषधिको विषय भनेको धेरै संवेदनशील विषय हो । समितिले पनि अनुगमन र निरीक्षण गर्न आवश्यक छ । यो इम्पोटेन्ट र अर्जेन्ट विषय हो ।’

    त्यस्तै नेपाली काँग्रेसकी सांसद नमिताकुमारी चौधरीले विद्यालयहरुमा पनि पानीको परीक्षण गर्न माग गरिन् । उहाँले कतिपय अपभभावकले बच्चाहरुलाई विद्यालय जाँदा पानी नपठाउने र विद्यालयमा भएको पानी खाँदा झनै हैजाको त्रास हुने भएकोले विद्यालयमा पानीको परीक्षण हुनुपर्ने बताइन् । उनले भनिन्, ‘औषधिको मूल्य हिजो पत्रपत्रिकामा धेरै देख्यौँ । यो कुरा सरकारले औषधि कुन कुनमा बढी बढाउन पाउँछ ? यसको जानकारी पाउँ । त्यस्तै हैजाको कुरा छ । बच्चाहरुमा धेरै हैजा फैलिने स्म्भावना देखियो । स्कुलमा पनि पानीको परीक्षण गर्नुपर्ने भयो । बच्चाहरुमा हैजा फैलियो भने कोभिड भन्दा धेरै ठूलो महामारी फैलिन्छ ।’

    सांसद चौधरीले सरकारले औषधिको मूल्य बढाइरहेको भन्दै कुन औषधिको मूल्य कसरी बढाउने हो भन्ने जानकारी गराउन माग गरिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend