काठमाडौं । प्रतिनिधिसभा उपसभामुख पुष्पा भुसालले जनजीविकाका सवाल उठाउन संसद्मा तटस्थ भूमिका निर्वाह गर्ने बताएकी छन् । पसभामुखमा विजयी भएपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।
उपसभामुखमा निर्वाचित भएपछि भुसालले आजको दिन लोकतन्त्र पक्षधरहरुको खुसीको दिन रहेको प्रतिक्रिया दिइन्।
संविधानको पूर्ण कार्यान्वयन भएको उनको भनाइ छ। उपसभामुखजस्तो संवैधानिक पद पूर्णता पाएको छ । लोकतन्त्र पक्षधरहरुको खुसीको दिन हो । आजको दिन महत्वपूर्ण दिन हो । संवैधानिक पद भएको हुनाले निर्वाचित भएपछि हाम्रो काँधमा केहि दायित्व थपिएको छ ।’