logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • तिलोत्तमा नगर :  वडाध्यक्षलाई पोखरीमा धकेल्ने डीएसपी कारवाही गर्न एमालेको माग

    तिलोत्तमा नगर :  वडाध्यक्षलाई पोखरीमा धकेल्ने डीएसपी कारवाही गर्न एमालेको माग

    4.5K
    Shares

    बुटवल । नेकपा एमाले रुपन्देहीले तिलोत्तमा नगरपालिकाका एक वडाध्यक्षलाई पौडी पोखरीमा धकेल्ने प्रहरी अधिकारीलाई कारबाही गर्न माग गरेको छ । आइतबार नगरसभा स्थगित गरेको विरोधमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध प्रदर्शन गरेका थिए । सो क्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले वडा नंं ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई धकेल्दै मणिग्राम पार्टी प्यालेसको पौडी पोखरीमा चोबलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

    सो क्रममा रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले पनि जनप्रतिनिधिलाई धकेलेका थिए । उक्त घटनाको भर्त्सना गर्दै नेकपा एमाले रुपन्देहीले डीएसपी केसी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेको हो । सोमबार ज्ञापन पत्र लिएर जिल्लास्तरीय नेता र तिलोत्तमा नगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

    प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख रामकृष्ण खांणसंग मिलेर गणपूरक संख्या पुग्न नदिन कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको हस्ताक्षर गराउने र एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई हस्ताक्षर गर्न नदिएको एमालेको आरोप छ । नेकपा एमालेका जनप्रतिनिधिहरुले प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई पार्टी प्यालेसको एउटा हलबाट अर्को हलमा जान अवरोध गर्ने क्रममा डीएसपी केसीले वडाध्यक्ष क्षेत्रीलाई धकेलेर पोखरीमा हुत्याएका थिए ।

    नगरसभामा एमालेका ४८ जना जनप्रतिनिधि उपस्थित भएपनि ४२ जनाले हस्ताक्षर गरेपछि माइन्यूट लुकाइएको र कांग्रेसका जनप्रतिनिधि उपस्थित भएर पनि उपस्थिति नगराई मेयरको मात्र हस्ताक्षर गराई फर्जी हिसाबले गणपुरक नपुगेको देखाएर नगरसभा स्थगित गरिएको एमालेको आरोप छ । वडाध्यक्ष क्षेत्रीले डीएसपी केसीले आफूहरुमाथि अभद्र व्यवहार र अन्याय भएको भन्दै उनीमाथि कारवाही हुनुपर्ने माग गरे ।

    गत असार १० गते प्रस्तुत गरिएको तिलोत्तमा नगरपालिकाको बजेट पारितको लागि उपप्रमुख जगेश्वरदेवी चौधरीले असार २१ गतेको लागि नगरसभा आह्वान गरेकी थिइन् । तर नगर प्रमुख खाणले २१ गतेको नगरसभालाई २६ गते र त्यसपछि ३१ गतेका लागि सारेका थिए । गणपूरक संख्या नपुगेको भन्दै ३१ गतेको बैठक स्थगित गरेका नगर प्रमुख खाणले आइतबारको बैठक पनि स्थगित गरी सोमबारको बैठकमा अल्पमतमै बजेट पास गर्ने योजनामा रहेको उपप्रमुख चौधरीले बताइन् ।

    एमालेका जनप्रतिनिधिले बजेटसँगै न्यायिक समिति, लेखा समिति, विधायन समिति र सुशासन समिति समेत नगरसभाले पारित गर्नुपर्ने कानुनी व्यवस्था भएकाले यी विषयलाई पनि कार्यसूचीमा राख्नुपर्ने अडान लिएका थिए । तर नगरप्रमुख खाण नगरसभाबाट बजेटमात्रै पारित गराउने योजनामा रहेकाले विवाद उत्पन्न भएको एमालेको दावी छ । एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मोहन चापागाईंले गृहमन्त्री बालकृष्ण खाँणको गृहनगरमा प्रहरी÷प्रशासन लगायर वडाध्यक्षमाथि कुटपिट गर्ने प्रहरी अधिकारीमाथि तत्काल निलम्बन गर्नुपर्ने माग गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend