logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • पर्यटन क्षेत्रमा देखिएका विकृतिलाई सरकार र निजी क्षेत्र मिलेर नियन्त्रण गर्न जरुरी छः पर्यटनमन्त्री श्रेष्ठ

    पर्यटन क्षेत्रमा देखिएका विकृतिलाई सरकार र निजी क्षेत्र मिलेर नियन्त्रण गर्न जरुरी छः पर्यटनमन्त्री श्रेष्ठ

    3.3K
    Shares
    पर्यटन क्षेत्रमा देखिएका विकृतिलाई सरकार र निजी क्षेत्र मिलेर नियन्त्रण गर्न जरुरी छः पर्यटनमन्त्री श्रेष्ठ

     

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रमा देखिएका विकृतिलाई सरकार र निजी क्षेत्र मिलेर नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् । सोमवार पर्यटन मन्त्रालयमा भएको सरोकारवाला निकायहरुसँग पर्यटन क्षेत्रको पुनरुत्थानबारेमा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

    उनले पर्यटन क्षेत्रमा विभिन्न विकृति बढ्दै गएको गुनासो आउने गरेको भन्दै निजी क्षेत्रसँग हातेमालो गरेर विकृति नियन्त्रण गर्ने योजना रहेको बताए । पर्यटन मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको पुनरुत्थापन गर्नको लागि तत्काल गर्न सकिने मध्ये कालमा गर्नुपर्ने र दीर्घकालमा गर्नुपर्ने कामका विषयमा अध्ययन गरेर काम अगाडि बढाउने उल्लेख गरे । उनले पर्यटन क्षेत्रको पुनरुत्थानको काम सरकार र निजी क्षेत्र मिलेर मात्रै व्यवस्थित गर्न सकिने दाबी गरे । मन्त्री श्रेष्ठले तत्काल समय सापेक्ष अनुसारको ऐन नियमलाई संशोधन गरेर काम अगाडि बढाउने पनि तयारी भइरहेको बताए । उनले आफू लामो समय बस्ने मन्त्री नभएको भन्दै ऐन कानून निर्माण गर्नभने लागिपर्ने बताए ।

    उनले भने,‘ कोरोना महामारीबाट प्रभावित पर्यटन क्षेत्रको विकासका लागि तत्काल गर्न सकिने ,मध्येकालमा गर्नुपर्ने र दीर्घकालमा गर्नुपर्ने काम हेरेर गर्नेछौं । ऐन नियम बनाउने काम केही समय लाग्छ । ऐन कानूनको कामको पनि शुरुवात गरौं भनेर सोचेको छौं । म लामो समय बस्ने मन्त्री होइन । तर शुरुवात गरेपछि भोलि निरन्तरता पाउँछ र एउटा निस्कर्ष निस्कन्छ । शुरु नै भएन भने अगाडि बढ्दैन । ऐन नियमका कुराहरु कहाँ केकेमा समय सापेक्ष संशोधन गर्नु पर्नेछ । त्यो कामको शुरुवात गर्छु । पर्यटन क्षेत्रलाई पुनःस्थापित र प्रचार गर्नुपर्ने कुराहरु छन् । त्यसमा मन्त्रालय कार्यक्रम नै अगाडि बढाएर जानेछ । पर्यटन पुनरुत्थानको काम सरकार र निजी क्षेत्र मिलेर नै गर्ने हो । हातेमालो गरेर नै पर्यटन क्षेत्रलाई व्यवस्थित गर्ने हो । पर्यटन क्षेत्रमा देखिएका विकृतिका कुराहरु पनि सुन्नमा आएका छन् । मैले थाहा पाए अनुसार यो क्षेत्रमा धेरै विकृतिहरु बढ्न थालेको छ जसले गर्दा हाम्रो इमेज खराब हुँदै गएको छ । यो विकृति नियन्त्रण गर्ने कुरामा पनि निजी क्षेत्रको सहयोगको आवश्यकता रहेको छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend