काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनमा प्रशारण भएको समाचार तथ्यहिन र भ्रामक भएको बताएका छन् । नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनमा प्रशारण भएको समाचार तथ्ष्हिन र भ्रमक भएको विज्ञप्तीमा उल्लेख छ ।
महानगरले भ्रामक र तथ्यहिन प्रशारण गर्ने संस्थालाई कारवाही गरि पाउँ भन्दै आज (मंगलबार) विज्ञप्ती निकालेको हो ।
नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनमा प्रशारण भएको आर्थिक वर्ष २०७९/८० को प्रतावित बजेट, निती तथा कार्यक्रममा विनियोजन बजेट कुनै आमुख संस्थालाई उपलब्ध गराउन लागिएको भन्ने तथ्यहिन, भ्रमक र कपोल कल्पित समाचार प्रति काठमाडौं महानगरले गम्भिर ध्यानाकर्षण गरेको हो ।