logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    औद्योगिक क्षेत्र निर्माण गर्दा निजी क्षेत्रलाई मुख्य साझेदारी बनाउनुपर्छः विनोद चौधरी

    औद्योगिक क्षेत्र निर्माण गर्दा निजी क्षेत्रलाई मुख्य साझेदारी बनाउनुपर्छः विनोद चौधरी

    4K
    Shares
    औद्योगिक क्षेत्र निर्माण गर्दा निजी क्षेत्रलाई मुख्य साझेदारी बनाउनुपर्छः विनोद चौधरी

    काठमाडौं । नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष तथा सांसद विनोद चौधरीले औद्योगिक क्षेत्र निर्माण गर्दा निजी क्षेत्रलाई मुख्य साझेदारी बनाउनुपर्ने बताएका छन् । आईतवार उद्योग परिसंघको १९ औं साधारण सभाको उद्घाटन समारोहमा बोल्दै चौधरीले औद्योगिक क्षेत्र व्यवस्थित र प्रतिष्पर्धी बनाउनको लागि निजी सरकारी साझेदारी अवधारणा अनुसार औद्योगिक क्षेत्र निर्माण गर्दा निजी क्षेत्रलाई मुख्य साझेदारी बनाउनुपर्ने बताउनुपर्ने बताएका हुन् ।

    उनले विगतदेखि घोषणा भएका औद्योगिक क्षेत्रहरुको पृष्ठभूमि सकारात्मक खालको नभएको बताए । सांसद चौधरीले खालि औद्योगिक क्षेत्रको नाममा पर्खालको घेरा लगाएर औद्योगिक क्षेत्रको नाम दिँदैमा औद्योगिक क्षेत्र जीवन्त नहुने दाबी गरे ।

    उनले भने,‘ अहिलेसम्म सञ्चालनमा रहेका आर्थिक क्षेत्र,इपीजेट र विभिन्न देशभरी घोषणा भएका औधोगिक क्षेत्रको पृष्ठभूमिलाई खेलाएर हे¥यौं भने त्यो त्यति सकारात्मक देखिँदैन । खालि औद्योगिक क्षेत्रको नाममा पर्खाललको घेरा लगाएर औद्योगिक क्षेत्रको नाम दिँदैमा औद्योगिक क्षेत्र जीवन्त हुँदैन भन्ने कुरा हामीलेदेखि सक्यौं । गार्मेट क्षेत्रदेखि विभिन्न यस्ता प्रकारका घोषणा भएका छन् । यसमा म सरकारलाई यो निजी सरकारी साझेदारीअन्तर्गत सबै किसिमका योजनामा निजी क्षेत्रका छातासङ्गठनलाई सक्रिय साझेदारका रुपमा अगाडि बढाउनुपर्छ । त्यो उसले उद्योग खोल्नको लागि तँछाड मछाडको वातावरण बनाउन सकोस् । त्यसको लागि कस्तो किसिमको नीति,पूर्वाधार चाहिन्छ त्यो निजी क्षेत्रले बताउँछ । निर्यातको लागि अनुदान दिनेकुरा पुरानो होइन । तर सरकारको अनुदानले निर्यातमा खासै प्रभाव पार्न सकेन । निर्यात बढ्नको लागि हामीसँग उत्पादन हुनुपर्छ ।’

    चौधरीले सरकारले निर्यात उद्योगलाई विगतदेखि अनुदान दिँदै आएपनि अनुदान दिए अनुसार निर्यात बढ्न नसकेको बताए । उनले अनुदान भन्दापनि निर्यातको लागि उत्पादन विशेष हुने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend