logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा प्रवेश गरें : भुवन केसी

    चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा प्रवेश गरें : भुवन केसी

    3.7K
    Shares

    काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा प्रवेश गरेको बताएका छन् । बुधवार चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गर्दै अभिनेता समेत रहेका केसीले यस्तो बताएका हुन् । उनले चलचित्र क्षेत्रको उत्थान र विकासका लागि आफू राजनीतिमा गएको बताए ।

    पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग बोल्दै कार्यकारी अध्यक्ष केसीले आफूलाई चलचित्र क्षेत्रको विकासका लागि ठूलो जिम्मेवारी आएको सुनाए । आफू ४ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा रहेकोले चलचित्र क्षेत्रका समस्यामा अवगत रहेको उल्लेख गरे । आगामी दिनमा नेपाली चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्ने र विशेष गरी चलचित्र प्राविधिकहरुको समस्यामा जोड दिने उनको भनाई छ ।
    अध्यक्ष केसीले नेपाली चलचित्र क्षेत्रमा सानैदेखि प्रवेश गरेको भन्दै आफू बाचुन्जेल चलचित्र क्षेत्रको उत्थानको लागि काम गर्ने प्रतिवद्दता जनाए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend