logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • कारागारहरुलाई खुला स्थानमा स्थानान्तरण गरिन्छः गृहमन्त्री खाँण

    कारागारहरुलाई खुला स्थानमा स्थानान्तरण गरिन्छः गृहमन्त्री खाँण

    3K
    Shares
    कारागारहरुलाई खुला स्थानमा स्थानान्तरण गरिन्छः गृहमन्त्री खाँण

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कारागारहरुलाई खुला स्थानमा स्थानान्तरण गरिने बताएका छन् । बिहीवार राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७९ माथि छलफलका क्रममा उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री खाँणले यस्तो बताएका हुन् ।

    उनले अधिकांश कारागारहरु शहरको मध्य भागमा रहेको भन्दै ती कारागारहरुलाई ठूलो भू–भागमा स्थानान्तरण गर्ने तथा नयाँ कारागार निर्माण गर्ने सरकारको योजना रहेको बताए । उनले कारागारको क्षेत्रफल ठूलो बनाएर कैदीबन्दीहरुलाई कृषि उत्पादनको काममा लगाउन सकियोस् भन्ने सरकारको धारणा रहेको उल्लेख गरे । उनले भने – ‘बन्दी गृहलाई अब सुधार गृह बनाउनु जरुरी छ । त्यसका लागि हामी प्रयत्नशील छौँ । अधिकांश बन्दी गृहहरु, कारागारहरु शहरबजारको मध्यभागमा नै छन् । मध्य भागका जेलहरुलाई बाह्य भू–भागमा, अलि ठूलो भूभागमा स्थानान्तरण गर्ने र नयाँ जेलहरुको निर्माण गर्ने त्यो योजनामा सरकार रहेको छ ।

    जेलको क्षेत्रफल पनि ठूलो होस् । उनीहरुलाई मनोरञ्जन लगायत कामहरु पनि गर्न सकियोस् । कृषि उत्पादनमा पनि उनीहरुलाई उपयोग गर्न सकियोस् भन्ने हाम्रो ध्येय र धारणा हो । त्यसका लागि शहर, बजारको मध्यभागमा रहेका बन्दीगृहहरुलाई शहर बजारको किनारमा सार्ने जनताको माग पनि छ । पालिकाहरुको पनि माग रहिआएको छ । उपयुक्त ठाउँमा जमिन खोजेर बजेटको व्यवस्थापन गरेर नयाँ बन्दीगृह बनाउने र त्यसलाई सुधारगृहको रुपमा परिणत गरेर बन्दीहरुलाई सुविधाजनक जीवन जिउने वातावरण बनाउने हामी कार्ययोजनामा छौँ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend