बिहिबार, बैशाख १८ २०८२

बिहिबार, बैशाख १८ २०८२

प्रतिनिधि सभाको बजेट अधिवेशनबाट नै आर्थिक ऐनहरु संसदबाट पास गर्नुपर्छः अध्यक्ष मल्ल

प्रतिनिधि सभाको बजेट अधिवेशनबाट नै आर्थिक ऐनहरु संसदबाट पास गर्नुपर्छः अध्यक्ष मल्ल

 

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले प्रतिनिधि सभाको बजेट अधिवेशनबाट नै आर्थिक ऐनहरु संसदबाट पास गर्नुपर्ने बताए । उनले धेरै आर्थिक ऐनहरु संसदमा विचाराधिन अवस्थामा रहेको भन्दै यही बजेट अधिवेशनबाट पास गर्नुपर्ने बताए ।

अध्यक्ष मल्ले अर्थमन्त्री नभएर आर्थिक विधेयकहरु रोकिएको भन्ने सुन्नमा आएकाले उद्योग मन्त्रीले विधेयक पास गर्न सहयोग गर्नुपर्ने बताए ।

अध्यक्ष मल्लले अहिले व्यवसायीहरुले बजारमा तरलता अभाव र बैंकको उच्च ब्याजदर भोगिरहेको अवस्थामा राष्ट्र बैंकले सार्वजनिक मौद्रिक नीति कसिलो र पेचिलो बन्दै गएको बताए । उनले मौद्रिक नीतिले विगतमा व्यवसायीहरुलाई दिएको सुविधा समेत कटौती भएको तथा बैंकको ब्याजदरको बेस रेटको प्रिमियम समेत ४ पतिशत लिने नीतिले अत्याधिक महँगी बढाउनसक्ने बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend