logo

२०८१ असोज २३ बुधबार

logo
  • बुधबार, २३ असोज २०८१
  • समयमै सर्पदंशको उपचार नपाउँदा अकालमा मृत्यु हुनेको सङख्या बढ्दो

    समयमै सर्पदंशको उपचार नपाउँदा अकालमा मृत्यु हुनेको सङख्या बढ्दो

    2.5K
    Shares

    काठमाडौं । ३२ वर्षीय युवकको समयमै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको छ । सिन्धुली घर भई बर्दिबास–४ माइस्थानमा निजी विद्यालय सञ्चालन गर्दै आएका युवराज श्रेष्ठको शनिबार राति सर्पले डसेपछि लगत्तै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको परिवारजनले बताएका छन् ।

    श्रेष्ठ बर्दिबास–४ स्थित माइस्थान पब्लिक स्कुलको संस्थापक प्रधानाध्यापक रहेका थिए । मध्यराततिर सर्पले डसेको थाहा पाउनासाथ परिवारजनले बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्र पुर्याएका थिए । गम्भीर अवस्थाका श्रेष्ठलाई भ्यान्टिलेटरको सघन उपचार आवश्यक भएको केन्द्रका प्राविधिकले बताएपछि जनकपुर पुर्याइएको थियो । झुल नलगाई सुतेका श्रेष्ठलाई घरको छानाबाट झरेको गोमन सर्पले घाँटीमै डसेको थियो । गोमनको डसाइले गम्भीर बनेका श्रेष्ठलाई भ्यान्टिलेटरमा सघन उपचारको आवश्यकता दर्शाउँदै सर्पदंश उपचार केन्द्रका प्राविधिकले जनकपुर लैजान सुझाएपछि उनलाई जनकपुर पुर्याइए पनि उपचार हुन भ्याएन । प्रादेशिक अस्पताल जनकपुरका चिकित्सकले श्रेष्ठलाई मृत घोषित गरेका हुन् ।

    ‘सर्पदंशको घटनालगत्तै बर्दिबासमै भेन्टिलेटरको सघन उपचार पाएको भए ज्यानको आशा रहने थियो’, सर्पदंश उपचार केन्द्र बर्दिबास–३ गौरीडाँडा सञ्चालक बोर्डका अध्यक्ष कृष्ण देवकोटा भन्छन्, ‘दुःखका साथ भन्नुपर्छ, हामीले भेन्टिलेटरको प्रबन्ध गर्न सकेनौँ ।’ विगतदेखि बर्दिबास नगरपालिका नेतृत्व र मन्त्रालयसम्म यो सुविधाको माग कैयौँ पटक गरिएपनि कसैले चासो नदिएका अध्यक्ष देवकोटाको गुनासो छ । सर्पदंशका बाक्लै घटना हुने बर्दिबास क्षेत्रमा पछिल्लो घटनासहित एक महिनाभित्रै तीन जनाको मृत्यु सघन उपचार नपाएरै भइसकेको छ ।

    तीन दिन पहिले एकजना र गत असारको तेस्रो साताको अन्त्यतिर एक गरी दुई जनाको भ्यान्टिलेटरको सघन उपचार नपाएरै मृत्यु भएको थियो । यसैबीच बर्दिबासमा नागरिक समाजका प्रतिनिधिले भ्यान्टिलेटर व्यवस्थापनका लागि नगर नेतृत्व र आफ्ना क्षेत्रका सङ्घीय सांसद गिरिराजमणि पोखरेलको ध्यानाकर्षण गराएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend