logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • श्रीलंकाको अर्थतन्त्र छिट्टै सहज हुने चेम्बर अफ कमर्सको अपेक्षा

    श्रीलंकाको अर्थतन्त्र छिट्टै सहज हुने चेम्बर अफ कमर्सको अपेक्षा

    3K
    Shares
    श्रीलंकाको अर्थतन्त्र छिट्टै सहज हुने चेम्बर अफ कमर्सको अपेक्षा

     

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रबीच आज भेटवार्ता भएको छ । श्रीलंकामा कार्यभार सम्हाल्न जानु अघि राजदूत मिश्रले काठमाडांैको जमलस्थित भवनमा चेम्बरका पदाधिकारीसंग भेटवार्ता गरेका हुन् ।

    मिश्रसंगको भेटका क्रममा चेम्बर पदाधिकारीले कठिन परिस्थितीबाट गुज्रिरहेको श्रीलंकाको अर्थतन्त्रले छिटै लय समात्ने अपेक्षा गरेका थिए । चेम्बरका कार्यवाहक अध्यक्ष कमलेश कुमार अग्रवालले राजदूत मिश्रको कार्यकालको सफलताको कामना गरे । श्रीलंकाको आर्थिक अवस्था अहिले चुनौतिपूर्ण भए पनि लामो समय नरहने आफ्नो अपेक्षा रहेको अग्रवालको भनाई छ । सार्क, बिम्स्टेक जस्ता क्षेत्रीय संगठनको साझेदार रहेका दुइ मुलुकवीच व्यापारका लागि अझै पनि ठूलो संभाबना रहेको अग्रवालले बताए ।

    नेपाल चेम्बर अफ कर्मस र श्रीलंकन चेम्बर अफ कमर्सबीच अहिले पनि उच्चस्तरीय व्यवसायिक सहकार्य जारी रहेकाले राजदूत मिश्रको कार्यकालमा पनि यसले निरन्तरता पाउने अग्रवालले आशा व्यक्त गरे । अग्रवालले श्रीलंका र नेपालबीच ऊर्जा व्यापारको सभावना रहेको र भारत सहित त्रिपक्षीय सम्झौताको आवश्यक्तामा समेत जोड दिए ।

    बुद्धको जन्मभुमी लुम्विनी श्रीलंकन पर्यटकका लागि उत्कृष्ट गन्तव्य वन्न सक्ने र लुम्विनी अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माणले कोलम्वो लुम्बिनी सिधा बिमान सम्पर्कका लागि आवश्यक पहल गर्न पनि कार्यवहाक अध्यक्ष अग्रवालले राजदूत मिश्रसंग आग्रह गरे । राजदूत मिश्रले पनि श्रीलंकन अर्थतन्त्रमा छिट्टै सुधार आउनेमा आफु आशावादी रहेको बताए । बुद्धमार्गीहरुको भूमि श्रीलंकाबाट पर्यटक ल्याउन एवं नेपालको पर्यटकीय गन्तव्यको प्रर्वद्धनका लागि आफुले पहल गर्ने राजदूत मिश्रको भनाई छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend