काठमाडौं । काठमाडौंबाट बुधबार १ः१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना पाएपछि प्रहरीले सबै यात्रु ओरालेर चेकजाँच गरिरहेको छ ।
कैलाली प्रहरीले आतंकवादी चढेको सूचना पठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको हो ।
जहाजमा १४१ जना यात्रु छन् । अहिले सबै यात्रुलाई ओरालेर प्रहरीले जाँच गरिरहेको छ ।