बिहिबार, बैशाख १८ २०८२

बिहिबार, बैशाख १८ २०८२

भारतमा पेट्रोलियम पदार्थको मूल्य घट्दा त्यसको समायोजन गर्न सरकार तयार नभएको भन्दै एमालेको आपत्ति

भारतमा पेट्रोलियम पदार्थको मूल्य घट्दा त्यसको समायोजन गर्न सरकार तयार नभएको भन्दै एमालेको आपत्ति

काठमाडौं । एमालेकी सांसद विमला घिमिरेले भारतमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि त्यसको समायोजन गर्न सरकार तयार नभएको भन्दै आपत्ति जनाइन् । उनले किसानलाई खेतीवालीको बेला पनि मल नदिएको, गत वर्ष वर्षात्का कारण क्षति भएको किसानको अन्नवालीको अझै राहत नदिएको भन्दै सरकारको चर्को आलोचना समेत दिइन् ।

सांसद घिमिरेले भनिन्, ‘गत वर्ष किसानहरुले स्याहार्ने बेलाका धानवाली वर्षाले नष्ट भयो । त्यतिबेला सरकारले क्षतिपूर्ति दिने भन्दै स्थानीय तहमार्फत् त्यसको रेकर्ड माग्ने र बैंक खाता खोल्ने सम्मका कुराहरु सरकारले गर्न लगायो । तर, सरकारले यसको क्षतिपूर्ति त कुरै छोडौं । यो वर्ष धान रोप्नका निम्ति मल समेत दिन सकेन । कि यो सरकारले के काम गरिरहेको छ ? यो सरकार जनताको दुःखमा कुनै लेखाजोखा राख्न सक्छ कि सक्दैन ? यो जनताले थाहा पाउनै छोडिसके । अहिले भर्खरै नेपाल सरकारले पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने कुरामा हप्ता पनि बाँकि नराखि मूल्यवृद्धि ग¥यो । तर अहिले भारतमा मूल्य घट्दाखेरी फेरी त्यसको समायोजन गर्ने कुरामा कुनै चासो दिएको छैन ।’

सांसद घिमिरेले सरकारले जनतालाई राहत दिनै नचाहेको आरोप समेत लगाइन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend