logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • वनजंगल जोगाउन, संरक्षण र विकास गर्न जरुरी छः मन्त्री यादव

    वनजंगल जोगाउन, संरक्षण र विकास गर्न जरुरी छः मन्त्री यादव

    3.6K
    Shares
    वनजंगल जोगाउन, संरक्षण र विकास गर्न जरुरी छः मन्त्री यादव

    काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालको हरियाली वनजंगल क्षेत्र जोगाउन, संरक्षण र विकास गर्न जरुरी रहेको बताएका छन् । वन दिवस २०७९ का अवसरमा बुधवार वन विभागले वन परिसरमा स्थापना गरेको ‘सामुदायिक वन स्तम्भ’को अनावरण गर्दै मन्त्री यादवले नेपालको वनजंगल क्षेत्र जोगाउन, संरक्षण र विकास गर्न आवश्यक रहेको बताए ।

    उनले भने, ‘नेपालको वनजंगल क्षेत्र जोगाउन, संरक्षण र विकास गर्न जरुरी छ, यो अभियानमा सबैको सहयोग अनि साथ चाहिन्छ ।’ वन स्तम्भले तराई मधेशदेखि नेपालको पहाडी र उच्च हिमाली क्षेत्रसम्म वनजंगल र वन्यजन्तु जोगाउने अभियानमा आ–आफ्नो स्तरबाट सहयोग गर्ने सम्पूर्ण अभियन्ता, कर्मचारी, सुरक्षाकर्मी र अन्य राष्ट्रसेवकको योगदानलाई कलात्मकरूपमा दर्शाउने समेत मन्त्री यादवले विश्वास व्यक्त गरे ।

    वन स्तम्भ निर्माण गर्न नेपालकै वनजंगलमा पाइने विभिन्न किसिमका काठ प्रयोग गरिएको र सामुदायिक वन अभियानसँग जोडिएर विभिन्न कालखण्डमा अतुलनीय योगदान पुर्‍याएकाको प्रतिकका रूपमा वन विभागले वन परिसरमा ‘सामुदायिक वन स्तम्भ’को निर्माण गरिएको वन निर्देशक राजेश केसीले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend