logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • ढुवानी भाडा नबढाए आन्दोलन गर्ने पेट्रोलियम ढुवानी व्यवसायीको चेतावनी

    ढुवानी भाडा नबढाए आन्दोलन गर्ने पेट्रोलियम ढुवानी व्यवसायीको चेतावनी

    3.2K
    Shares

    काठमाडौं । भाडा वृद्धिको माग राखेर आन्दोलन गर्दै आइरहेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । गत २१ साउनदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको महासंघले पुनः आन्दोलनको घोषणा गरेको हो । नेपाल आयल निगमले सहमति पालना नगरेपछि व्यवसायीहरु पुनः आन्दोलित हुन बाध्य भएको महासंघका अध्यक्ष खगेश्वर बोहोराले बताए । ‘१ भदौसम्म ढुवानी भाडा वृद्धि नभए २ भदौदेखि अग्रिम ढुवानी अनुमति नलिने र अन्य आन्दोलनका कार्यक्रम गर्ने छौं’ महासंघको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    गत १५ साउनमा निगमले लिखित पत्र पठाएर भाडा वृद्धि गर्ने जानकारी गराए पनि सो पालना नभएको महासंघको दाबी छ । महासंघले हालको ढुवानी भाडामा ट्रक र ट्यांकर चलाउन नसकिने भन्दै सम्पूर्ण खर्च गर्नेगरी निगम आफैंलाई ट्यांकर चलाउन पनि आग्रह गरिएको छ । बृद्धि भएको इन्धनको मुल्य अनुसार ढुवानी भाडा नबढेको भन्दै ट्रक ट्यांकर व्यवसायीहरु गत वर्ष देखि नै आन्दोलित छन् । भाडा बढाउनेबारे गत वर्ष आयल निगमले विज्ञ समूहमार्फत अध्ययन गराएको थियो । तर, व्यापार निश्चित भएको क्षेत्रमा अधिक भाडादर समिमितले निर्धारण गरेपछि तत्कालिन निगम नेतृत्व भाडा समायोजन नगर्ने अवस्थामा पुगेको थियो ।

    निगमको अध्ययन समितिले रुटअनुसार ३ देखि १६ प्रतिशतसम्म भाडा बढाउन सुझाव दिएको थियो । जसलाई निगमले अधिक भएको भन्दै थप अध्ययन गर्न पुल्चोक इन्जिनियारिङ कलेजलाई अध्ययन प्रतिवेदन थमाएको थियो । आयल निगमको वर्तमान सञ्चालक समिति इन्धनको मूल्य वृद्धिले जनताको ढाड सेकिएको बेला व्यवसायीको भाडा बढाउन सहमत छैन । तर, व्यापारिबाट प्रभावित भएर निगमले सञ्चालक समितिमा ७ पटकसम्म भाडा वृद्धिको प्रस्ताव लगेको बोर्ड सदस्यहरुले बताएका छन् ।

    हेर्नुहोस् विज्ञप्ति :

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend