काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्ष २०७९/०८० भित्र नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी गरेका छन् । आईतवार ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले चालु आर्थिक वर्षमा भारतबाट आयात हुने भन्दा भारतमा निर्यात हुने बिजुलीको मात्रा बढी हुने बताएका हुन् ।
घिसिङले पछिल्लो ८५ दिनमा भारतमा विद्युत निर्यात गरेर ६ अर्ब रुपैयाँ आम्दानी गरेको बताए । उनले कात्तिकसम्म नै भारतमा बिजुली निर्यात गर्न सकिने बताए । उनले चालु आर्थिक वर्षकै आगामी थप जेठ असारमा पनि ठूलो मात्रामा बिजुली भारत निर्यात हुने बताए । घिसिङले अहिले रातिको समयमा केही घण्टामा प्रतियुनिट १२ भारतीय रुपैयाँ र औसतमा प्रतियुनिट रेट ६ भारतीय रुपैयाँसम्म रहेको बताए । घिसिङले पछिल्लो समय नेपालमा पनि विद्युतको माग अत्याधिक रहेको बताए । उनले अहिले उत्पादन भएको १०० प्रतिशत विद्युत खपत भइरहेको पनि बताए । उनले विद्युत खपत २५ प्रतिशतले बढ्दै गएकाले आगामी वर्ष पनि २५ प्रतिशतले विद्युत खपत बढ्ने दाबी गरे ।
उनले भने,‘ विद्युत प्राधिकरणले उत्पादन भएको १०० प्रतिशत विद्युत खपत गरेका छौं । अहिले विद्युतको माग अत्याधिक बढेको छ । यसरी विद्युत माग बढ्दा निर्यातको लागि २०० मेगावाट मात्रै निर्यात गरेर घटाउनुपरेको अवस्था छ । जेठको १७ गतेबाट निर्यात शुरु गरेको हो । करिव ८२/८५ दिनमा करिब ६ अर्बको विद्युत निर्यात गरेका छौं । साउन महिनामा मात्रै करिव २ अर्बको विद्युत निर्यात ग¥यौं । यदी छोटो समय विद्युत निर्यात गर्दा पनि राम्रो आम्दानी गरेका छौं । विद्युत निर्यातलाई प्राथमिकता दिनुपर्छ । यो सरकारको ठूलो उपलब्धी हो । विद्युत अहिलेको अवस्थामा राम्रोसँग बेच्नसक्दा हामीलाई रिजर्व आयोजना नहुँदा पनि रिजर्व आयोजना लामो समयको लागि आवश्यक छ ।
अहिले हामीले भने पनि अबको ७ वर्ष भन्दा अगाडि त्यो आयोजना आउँदैन । हामीले शुरु गर्न खोजेका छौं । चालु आर्थिक वर्षमा नै हामी ‘नेट एक्सपोर्टर’ हुन्छौं । अहिले हामीले जुन ट्रनमा निर्यात गरिरहेका छौं । यो वर्ष हामी भारतबाट जति बिजुली ल्याउँछौं, त्यो भन्दा बढी बिजुली भारतमा निर्यात गर्नेछौं । कात्तिकसम्म नै भारतमा बिजुली निर्यात गर्छौं । आगामी जेठ असारमा पनि ठूलो मात्रामा बिजुली भारत निर्यात गर्छौं । सुख्खा आममा विद्युत आयात गर्नु पर्ने होला । अहिले हाम्रो विद्युत खपत २५ प्रतिशतले बढेको छ । अब अर्को वर्ष पनि २५ प्रतिशतले विद्युत खपत बढ्छ ।’