logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सरकारी विद्यालयका लेखापालहरुको पारिश्रमिक तह अनुसार मिलाउनका लागि सरकारसँग माग

    सरकारी विद्यालयका लेखापालहरुको पारिश्रमिक तह अनुसार मिलाउनका लागि सरकारसँग माग

    7.5K
    Shares
    सरकारी विद्यालयका लेखापालहरुको पारिश्रमिक तह अनुसार मिलाउनका लागि सरकारसँग माग

     

    काठमाडौं । राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापाले सरकारी विद्यालयमा कार्यरत लेखापालहरुको सेवा, सुविधा र पारिश्रमिक उनीहरुको तह अनुसार मिलाउनका लागि सरकारसँग माग गरिन् । उनले शिक्षा क्षेत्रको विकृति र विसंगतिको अन्त्य गर्न तत्काल संघीय शिक्षा ऐन ल्याउन सरकारको ध्यानाकर्षण गराईन् ।

    उनले भनिन्– ‘देशभरी करिव ३६ हजारको संख्यामा रहेका सरकारी विद्यालयमा कार्यरत कर्मचारीहरु छन् । सरकारी विद्यालयमा ६ हजार ४२३ जना लेखापालहरु कार्यरत छन् । लामो समयदेखि आन्दोलनमा छन् । कहिले देशभर विद्यालय पठनपाठन बन्द त, कहिले राजधानी केन्द्रित आन्दोलन गरिरहेका छन् । कहिले शिक्षा मन्त्रालयमा भेटघाट त कहिले अर्थ मन्त्रालयमा धाइरहेका छन् । उनीहरुको तह अनुसारको सेवा, सुविधा र पारिश्रमिकको व्यवस्था मिलाउन र शिक्षा क्षेत्रमा देखिएको सम्पूर्ण विकृति र विसंगतिको अन्त्य गर्न तत्काल संघीय शिक्षा ऐन निर्माण गरी समस्या समाधान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend