logo

२०८१ कार्तिक २९ बिहिबार

logo
  • बिहिबार, २९ कार्तिक २०८१
  • योगेशको जन्मदिनमा झाँक्रीको विरह शुभकामना : महत्वपूर्ण निर्णय लिनेबेला अभाव महसुश हुन्छ दाइ

    योगेशको जन्मदिनमा झाँक्रीको विरह शुभकामना : महत्वपूर्ण निर्णय लिनेबेला अभाव महसुश हुन्छ दाइ

    8.9K
    Shares

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीको दोस्ती लामो र गहिरो छ । योगेशलाई रामकुमारी आफ्नो अविभावक मान्छिन् । बुधबार योगेशलाई जन्म दिनको शुभकामना दिने क्रममा पनि रामकुमारीले त्यो प्रकट गरेकी छिन् । सामाजिक सञ्जालमार्फत जन्म दिनको शुभकामना दिंदै उनले महत्वपूर्ण निर्णय गर्दा योगेशको अभाव महसुश गर्ने गरेको उल्लेख गरेकी छिन् ।

    ‘आफैंले कुनै महत्वपूर्ण निर्णय लिने बेला अभाव महसुश हुने रहेछ दाइ,’ उनले लेखेकी छिन् । २०५४ मा एमाले विभाजित भएर नेकपा माले बन्दा योगशसँगै रामकुमारी मालेतिर लागेकी थिइन् । २०६५ मा भएको अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा उनले गोकुल घर्तीलाई पराजित गरेकी थिइन्, जसमा योगेशहरूको महत्वपूर्ण सहयोग थियो ।

    तत्कालीन नेकपा कालको संघर्षमा रामकुमारी योगशहरूसँगै प्रचण्ड माधव खेमामा उभिएकी थिइन्। अन्तिम समयसम्म नेपाललाई साथ दिएका सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, योगेश भट्टराई लगायतका १० नेताहरू एमाले विभाजनमा भने सहमत भएनन् ।

    झाँक्रीले भने नेपाललाई साथ दिइन् । झाँक्री लगायतका तेस्रो पुस्ताका युवाको बलियो आडभरोसाकै कारणले माधव नेपालले एमाले विभाजन गर्ने साहस गरेका थिए । आफू निरन्तर संवादमा रहने र सल्लाह सुझावसमेत लिने भूसाल र भट्टराई लगायतका नेताहरू एमालेमै बस्दा पनि झाँक्रीले एकीकृत समाजवादी रोज्नुलाई कतिपयले बाध्यताको संज्ञा समेत दिने गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend