logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • स्याङजा : केन्द्रले गठबन्धन गरेर पठायो, जिल्ला कांग्रेसले मानेन, दिए एक्लाएक्लै उम्मेदवारी

    स्याङजा : केन्द्रले गठबन्धन गरेर पठायो, जिल्ला कांग्रेसले मानेन, दिए एक्लाएक्लै उम्मेदवारी

    3.4K
    Shares

    पोखरा । दुईओटा निर्वाचन क्षेत्र रहेको स्याङजामा ४ ओटा प्रदेश मध्य माओवादी र नेकपा समाजवादीलाई एक एक प्रदेश दिने गठबन्धनको केन्द्रीय समितीले निर्णय गरेको थियो । तर केन्द्रले गरेको यो निर्णयलाई स्याङजा काग्रेसले अस्वीकार गर्दै सबै निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाएको छ । यो सँगैं स्याङजा कांग्रेसले गठबन्धन अस्वीकार गरेको छ ।

    केन्द्रले स्याङजा १ को क माओवादीलाई र क्षेत्र २ को क समाजवादीलाई दिने निर्णय गरेको थियो । स्याङजा कांग्रेसले केन्द्रको निर्णय विपरित उम्मेदवार खडा गरेपछि माओवादी र समाजवादीले केन्द्रले तोकेका प्रदेशमा मात्रै उम्मेदवार उठाएको छ । शुक्रबार राति गठबन्धनका दलबीच सहमति हुँदा प्रदेशका दुबै प्रतिनिधि सभाको उम्मेदवार कांग्रेसको भागवण्डामा परेको थियो । भने चार प्रदेश मध्ये दुइटा क्षेत्र माओवादी केन्द्र र एकीकृत समाजवादीलाई छुट्याइएको थियो ।

    माओवादीले केन्द्रीय नेता अमृता थापामगरलाई स्याङ्जा १ को क मा उम्मेदवार बनाएको छ । स्याङ्जा २ क मा एकीकृत समाजवादीले जिल्ला अध्यक्ष आरसी भट्टराईलाई उम्मेदवार बनाएको छ । शुक्रबार भएको सहमति अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवार दर्ता गर्न तोकिएका क्षेत्र तिर लागे । पार्टीले टिकट दिएर माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवार जिल्ला पुग्दा शनिबार दिनभर जिल्लाका कांग्रेस नेताहरु बालुवाटार धाउन थाले । माओवादी केन्द्र र एकीकृत समाजवादीलाई १ १ प्रदेश सभा छुट्याउँदा प्रतिनिधि सभामा कांग्रेसले जित्न नसक्ने उनीहरुको दाबी थियो ।

    कांग्रेसका एक केन्द्रीय नेताका अनुसार स्याङ्जा २ क मा एकीकृत समाजवादीलाई दिँदा उपसभापति धनराज गुरुङ नै असन्तुष्ट थिए । गुरुङ यसै क्षेत्रबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् ।दुबै प्रदेश सभाका उम्मेदवार कांग्रेसको नभए जित्न कठिन हुने बताउँदै उनले महामन्त्री गगन थापाको सहयोग खोजेका थिए । एकीकृत समाजवादीको जनमत अत्यन्तै न्यून रहेको तथा पार्टी भित्रका समूहलाई व्यवस्थापन गर्नका लागि कांग्रेसकै उम्मेदवार हुनुपर्ने उनको जोड थियो । गुरुङकै बलमा स्याङ्जा २ क मा भोजराज अर्यालले टिकट पाए ।

    अर्कोतर्फ स्याङ्जा १ क मा कांग्रेसभित्रको एउटा समूहको बलमा मेखलाल श्रेष्ठले टिकट पाए । नेता गोपालमान श्रेष्ठ निकट उनलाई स्याङ्जा १ क मा मेखलाल श्रेष्ठले टिकट पाए । जहाँ गठबन्धनबाट माओवादी केन्द्रबाट अमृता थापामगरले टिकट पाइसकेकी थिइन् । श्रेष्ठले टिकट पाएको जिल्ला सभापति राजु थापालाई समेत थाहा थिएन । ‘गठबन्धनबाट अमृता जीले टिकट ल्याउनुभएको थियो । कांग्रेसबाट मेखलाल जीले पनि ल्याउनुभएछ’, जिल्ला सभापति थापाले भने, ‘मेखलाल जीले टिकट ल्याएको मलाई पनि थाहा थिएन ।’

    गठबन्धनबाट उम्मेदवारी दर्ता गराउँदा कांग्रेसका प्रतिनिधि सभातर्फका उम्मेदवार थापा र प्रदेशमा माओवादीकी थापा मगर मनोनयन गर्न सँगै गएका थिए । थापा मगरकै स्थानमा उम्मेदवारी दर्ता गर्न मेखलाल भने गठबन्धनका उम्मेदवार भन्दा केही समयपछि पुगेका थिए । उपसभापति गुरुङको बलमा स्याङ्जा २ क मा कांग्रेसका भोजराज अर्यालले टिकट पाएकाले कांग्रेसले उम्मेदवार फिर्ता गर्ने पक्षमा छैन । १ को क मा टिकट पाएका मेखलालको उम्मेदवारी फिर्ता गराउने पक्षमा जिल्ला नेतृत्व छ । टिकट फिर्ता गराउने क्षेत्राधिकार आफूमा नभएकाले केन्द्रलाई जानकारी गराइसकिएको जिल्ला सभापति थापाले बताए ।

    ‘जिल्ला तहबाट हुने विषय भएन । केन्द्रमा यहाँको विषय जानकारी गराएका छौं’, यसै क्षेत्रमा उम्मेदवार बनेकी माओवादी उम्मेदवार थापामगरले भनिन्, ‘कांग्रेसले उम्मेदवारी फिर्ता लिने आशामा छौं ।’ एकीकृत समाजवादी पनि कांग्रेसका नेताहरु प्रति रुष्ट छ । केन्द्रको निर्णय अनुसार जिल्लामा उम्मेदवारी दिएको एकीकृत समाजवादीका उम्मेदवार आरसी भट्टराईले बताए । ‘पार्टी अध्यक्षले ढुक्क बनाएर उम्मेदवारी दर्ता गराएको हुँ । कांग्रेसबाट पनि उम्मेदवारी पर्‍यो ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend