logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • दोलखालीलाई इतिहास रच्ने दिनआयोः कुन्दनराज काफ्ले

    दोलखालीलाई इतिहास रच्ने दिनआयोः कुन्दनराज काफ्ले

    1.7K
    Shares
    दोलखालीलाई इतिहास रच्ने दिनआयोः कुन्दनराज काफ्ले

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले मंसिर ४ मा दोलखाली जनताले नयाँ इतिहास रच्ने बताएका छन् । दोलखा प्रदेश सभा ‘क’को गठबन्धन तर्फबाट साझा उम्मेदवार समेत रहेका काफ्लेले ३० औं वर्षसम्म जनतालाई झुक्याएर एमालेले राज गरेको दोलखामा मंसिर ४ पछि कांग्रेसको विजयसंगै दोलखा कांग्रेसमय हुने दावि गरे ।

    शनिबार राजधानीमा आयोजित लोकतान्त्रिक–वाम गठबन्धनको कार्यक्रमलाई संवोधनका क्रममा काफ्लेले भने,‘एमालेले वर्षौ देखि दोलखाका नदिनाला दोहन देखि जडिबुटि तस्कर सम्मको हिसाव किताव जनताले खोज्ने बेला आएको छ । सोझासाझा जनतालाई सधैं झुक्याउने एमालेलाई आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट एमालेलाई जनताले तिरस्कृत गर्नेमा कुनै शंका छैन’ ।

    ऐतिहासिक जिरि बजारलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न नसकेको भन्दै काफ्लेले विकासमा दोलखा धेरैपछि पर्नुमा एमाले प्रमुख कारक रहेको दावि गरे ।

    प्रदेश ‘ख’ का उम्मेदवार बर्मा लामाले विकास कुन पार्टीले गर्न सक्छ भन्ने कुरा चरिकोट देखि जिरिसम्मको सडक हेरे पुग्ने बताए । कांग्रेस जिल्ला सभापति समेत रहेका लामाले चरिकोट जिरि सडकखण्ड कांग्रेस नेता जिपछिरिङ लामाको नेतृत्वमा सम्पन्न भएको भन्दै उनले एमाले नेताहरुको नेतृत्वमा बनेका सडक सञ्जालहरुको विजोग हेर्न सुझाए ।

    प्रमुख पर्यटकिय गन्तव्य शैलुलाई पर्यटनको आकर्षणको केन्द्रविन्दुको रुपमा विकास गर्न अव कांग्रेसको विकल्प नभएको उनको भनाई थियो । आदिवासी जनजातिहरुको बाहुल्य रहेको क्षेत्रमा थामी समुदाय, ऐतिहासिक दोलखा बजार र कालिञ्चोक भगवतीलाई एमालेले कमाउ धन्दाको रुपमा प्रयोग गरेको लामाले दावि गरे । अव पनि दोलखामा एमालेलाई जनताले चिन्न नसके विकासमा दोलखा झनै पछि पर्दै जाने बताए । गठबन्धन सहित पार्टीका उम्मेदवार विजयको लागि सवै एकजुट भएर लाग्न समेत लामाले कार्यकर्तालाई निर्देशन दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend