logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • जुम्लामा चुनाव अवधिभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध

    जुम्लामा चुनाव अवधिभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध

    3.3K
    Shares
    जुम्लामा चुनाव अवधिभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध

    जुम्ला । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अवधिभर यहाँ मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ ।

    निर्वाचन हुन अब केही दिन बाकी हुँदा जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा बन्द गरिने प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए । मतगणना नसकिञ्जेलसम्मको समय अवधिमा शान्ति सुरक्षा कायम गर्न मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख नरेन्द्र चन्दले बताए ।

    चन्दननाथ नगरपालिकाको कृष्ण मन्दिर र जिल्ला प्रशासन कार्यालय आसपासका क्षेत्रमा हुने आमसभा, नारा जुलुस, भीडभाड लगायतका राजनीतिक पार्टीका कार्यक्रम निर्वाचन अवधिभर गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट जारी गरेका निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न यहाँका सबै राजनीतिक दलदेखि उम्मेदवारलाई जानकारी गराएको छ ।

    यसैबीच प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रयोग हुने प्रत्यक्ष र समानुपातिकतर्फका मतपत्र आज जुम्ला आइपुगेको छ । सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत् मतपत्र ल्याइएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिए । नेपाली सेना नन्दबक्स गणका गणपति रवीन थापाले नेपाली सेनाको हेलिकप्टरले २ पटकमा मतपत्र ल्याएको जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend