काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले कसैले पनि आफ्नो नाम लिएर मत नमाग्न आग्रह गरेका छन् । प्रमुख साम्पाङले आफ्नो नाम लिएर मत नमाग्न आसन्न आम निर्वाचनका उम्मेदवारलाई आग्रह गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारसमक्ष यस्तो आग्रह गरेका हुन् ।
उनले भनेका छन्, ‘मैले कोही कसैलाई मेरो उम्मेदवार बनाएर अघि सारेको छैन । कसैले मेरो नाम लिएर भोट नमाग्नु होला । यसमा मेरो कुनै संलग्नता नरहेको सबैलाई जानकारी गराउँदछु,’।