logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • इलाम, झापा, मोरङ र सुनसरीमा गठबन्धन बलियो

    इलाम, झापा, मोरङ र सुनसरीमा गठबन्धन बलियो

    1.8K
    Shares
    इलाम, झापा, मोरङ र सुनसरीमा गठबन्धन बलियो

    काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रदेश नम्बर १ मा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । सत्ता गठबन्धनभित्रको मत विभाजन नहुने हो भने एमालेका कतिपय शीर्ष नेताहरूलाई नै हम्मेहम्मे पर्ने देखिएको स्थानीय पत्रकारहरू बताउँछन् ।

    उक्त प्रदेशको चार जिल्लामा नेपाली कांग्रेससहितको गठबन्धनका उम्मेदवारहरू बढी सुरक्षित देखिएको र नेकपा एमालेका उम्मेदवारहरू प्रतिरक्षामा रहेको पत्रकार युवराज गौतम बताउँछन् । उनका अनुसार स्थानीय तहको मतको आधारमा अघिल्लो निर्वाचनको अवस्था र उम्मेदवारको लोकप्रियताको अवस्थालाई विश्लेषण गर्दा एमालेका भन्दा गठबन्धनका उम्मेदवार धेरै अगाडि छन् ।

    चुनावी रणनीति र प्रचार शैलीले मात्रै मतदाताको मन फर्कन्छ भनेर ढुक्क हुने अवस्था नदेखएकाले एमालेलाई अधिकांश क्षेत्रमा चुनाव जित्न हम्मे पर्ने देखिएको एमालेकै कतिपय नेताहरू स्वीकार्छन् । प्रदेश नम्मर एकका इलाम, झापा, मोरङ र सुनसरीमा गठबन्धन बलियो देखिएको छ । यो खबर आजकोनेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend