logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • निर्वाचनको अवस्था निर्वाचनभन्दा अघिसम्म शान्त र नियमित दैनिकी स्थितिमाः कल्याण श्रेष्ठ

    निर्वाचनको अवस्था निर्वाचनभन्दा अघिसम्म शान्त र नियमित दैनिकी स्थितिमाः कल्याण श्रेष्ठ

    2.2K
    Shares
    निर्वाचनको अवस्था निर्वाचनभन्दा अघिसम्म शान्त र नियमित दैनिकी स्थितिमाः कल्याण श्रेष्ठ

    काठमाडौं । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचनको अवस्था निर्वाचनभन्दा अघिसम्म शान्त र नियमित दैनिकी स्थितिमा रहेको बताए । उनले यस्तो वातावरणले निर्वाचनलाई आन्दोलित र विचलित गरिरहेको अवस्था नभएको बताए ।

    उनले राजनीतिक पार्टीका उम्मेद्वारहरुले निर्वाचन आंचारसंहीता अनुसार मौन अवधिको राम्रो रुपमा परिपालना गरेको देखिएको बताए । श्रेष्ठले मौन समय भनेको मतदाताहरु निर्वाचनका न्यायाधीशहरु भएकाले आफूले पाएको सूचनाहरुको आधारमा आफ्नो विवेक प्रयोग गर्नलाई सोच्ने समय भएको बताए । उनले मौन समय अविचलित,अप्रभावित र हस्तक्षेपरहीत समय भएको बताए ।

    उनले विगतको तथा स्थानीय तहको निर्वाचन भन्दा निर्वाचन प्रणाली विकसित र व्यवस्थित हुँदै गएको पाएको पनि बताए । उनले निर्वाचन आयोगको निरन्तर प्रयासले निर्वाचन बढी खर्चिलो हुन नपाएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend