स्याङजा । कतिपय जिल्लामा नतिजा सार्वजनिक भइसकेको र कतिपय स्थानमा अन्तिम नतिजा आउनै लाग्दा स्याङजा २ मा भने मत गणना नै हुन सकेको छैन । उल्टै नेपाली कांग्रेस र नेकपा एमाले सडक आन्दोलनमा उत्रिएका छन् ।
नेकपा एमालेले कांग्रेसले चापाकोट नगरपालिकाका केही बुथ कब्जा गरेको भन्दै पुनः मतगणनाको माग गरेको छ भने कांग्रेसले सौहार्द रुपमा मतदान सम्पन्न भएकाले मगगणना हुनुपर्ने माग राखेको छ । यी दुवै दलका आ आफ्नै अडानका कारण स्याङजा २ अझै अलमल छ ।
यता निर्वाचन आयोग केन्द्रीय कार्यालयबाट आज छानविनको लागि टोली वालिङ पुगेको छ । पुनःमतदान गर्ने या मतगणना गर्ने बारे अहिले केही निर्णय भईसकेको छैन । बिहीबार सम्म मतगणनाको माग गर्दै धर्नामा बसेको कांग्रेस अहिले सडकमा आन्दोलमा उत्रिएको छ ।
अहिले वालिङ नगरपालिकामा कांग्रेस र एमालेले छुट्टाछुट्टै आन्दोलन चर्काएका छन् । स्याङजा २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेकी सचिव पदमा अर्याल उम्मेदवार छन् ।