logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • स्याङजा २ मा मतगणनाको निर्देशन दिन प्रमुख निर्वाचन आयुक्तलाई निर्वाचन आयुक्तको आग्रह

    स्याङजा २ मा मतगणनाको निर्देशन दिन प्रमुख निर्वाचन आयुक्तलाई निर्वाचन आयुक्तको आग्रह

    1.8K
    Shares
    स्याङजा २ मा मतगणनाको निर्देशन दिन प्रमुख निर्वाचन आयुक्तलाई निर्वाचन आयुक्तको आग्रह

    स्याङजा । स्याङजा २ मा मतगणना गर्न निर्वाचन आयुक्तले निर्वाचन आयोग समक्ष आग्रह गरेका छन् । निर्वाचन आयुक्त इश्वरी प्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई स्याङजा २ मा मतगणनाको निर्देशन दिन आग्रह गरेका हुन् ।

    ‘मतपेटीकाहरु कानुनी प्रक्रिया पुरा गरी कागजात सहित मतदान अधिकृतले निर्वाचन अधिकृतलाई बुझाएको र सो को निर्वाचन अधिकृतले भर्पाई गरिदिएको मतपेटीका सम्बन्धित पदको छुट्टाछुट्टै कोठाभित्र राख्दा नेपाली कांग्रेस र नेकपा एमाले सहितका प्रतिनिधिहरुको रहोबरमा मुचुल्का गरी प्रतिनिधिहरुको सहिछाप गरी तालाचाबी सिलछाप लगाएको भनी निर्वाचन अधिकृतबाट लेखी आएको । ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    विज्ञप्तिमा कुनैपनि अवाञ्छनीय गतिविधि नभएको भन्दै पुनः मतदान गर्दा सरकारको आर्थीक स्रोत खेर जाने, मतगणना कार्य ढिलो हुने र समग्र निर्वाचन प्रति मतदाताको वितृष्ण पैदा हुने भएकाले मतगणना गर्न आग्रह गरीएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend