बाजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले चार हजार १ सय २१ मतले अग्रता कायम गरेका छन् । बुधबार बेलुकीबाट सुरु भएको मतगणना अहिले पनि जारी छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेस उम्मेदवार पाण्डेले १८ हजार ३ सय ३१ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले १४ हजार २ सय १० मत प्राप्त गरेका छन् ।