logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • अत्याधिक धूँवा फाल्ने २२ सवारी साधन कारवाहीमा

    अत्याधिक धूँवा फाल्ने २२ सवारी साधन कारवाहीमा

    1.7K
    Shares

    काठमाडौँ । काठमाडौँको सोह्रखुट्टेमा आज गरिएको विशेष चेकिङका क्रममा अत्याधिक धूँवा फाल्ने २२ वटा सवारी साधनका चालकलाई कारवाही गरिएको छ । अत्याधिक धूँवा फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चारपाङग्रे गरी २२ ओटा सवारी साधन कारवाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

    उनका अनुसार यातायात व्यवस्था विभाग मिनभवन, वातावरण विभाग बबरमहल तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले आज सोह्रखुट्टेमा ४० ओटा सवारी साधनलाई चेक गर्दा २२ ओटा कारवाहीमा परेका हुन् ।

    कारवाही गरिएका सवारी साधनलाई आजै वातावरण विभाग बबरमहल पठाइएको छ । सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend