काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह इन्डोनेसिया पुगेका छन् । प्रमुख साह मंगलबार साँझ विदेश प्रस्थान गरेका हुन् ।
काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि बालेनको यो पहिलो वैदेशिक भ्रमण हो।
प्रमुख साह चार–पाँच दिनका लागि घुम्न गएको स्वकीय सचिव भूपदेप साहले जानकारी दिए ।
स्वकीय सचिव शाहले भने ‘उहाँ पारिवारिक भ्रमणमा जानुभएको हो ।’